काँकरभिट्टाबाट व्यवसायी दिलनाथ बजगाई वेपत्ता

काँकरभिट्टा । काठमाडौँका एक जना व्यवसायी झापाको काँकरभिट्टाबाट वेपत्ता भएका छन् । ललितपुरको महांकाल गाउँपालिका–२, स्थित मानिखेल घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका ४० वर्षीय दिलनाथ बजगाई काँकरभिट्टाबाट वेपत्ता भएका हुन् ।
घरजग्गा कारोबारमा संलग्न बजगाई गत कात्तिक २९ गतेदेखि वेपत्ता भएको परिवारले जनाएको छ । मेचीनगर नगरपालिका–६, काँकरभिट्टा स्थित न्यू हिकोला हेरिटेज होटलमा बस्दै आएका व्यवसायी बजगाई १८ दिनदेखि वेपत्ता भएको उनकी श्रीमती तुलसा बजगाईले बताइन् ।
कात्तिक २९ गते श्रीमती तुलसासँग फेसबुकमा कुरा गरेका उनी त्यसपछि सम्पर्कमा छैनन् । उनको खोजबिनका लागि श्रीमती तुलसा र दाजु गणेशप्रसाद बजगाईले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएका छन् ।
काँकरभिट्टाका डिएसपी मिमबहादुर लामाले व्यवसायी बजगाईका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । बजगाईले कात्तिक ३० गते भारतको गोवा जाने हवाई टिकट काटेका थिए । तर, उनी गोवातिर नगएर टिकट क्यान्सिल गरेको बुझिएको छ ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...