मेची कृषकको माईन्यूट प्रमाणिकरण सभामा दर्जनौं सम्मानित


मेचीनगर । मेचीनगर –७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाको । २५ ओैँ वार्षिक साधारण सभा अन्तर्गत माईन्यूट प्रमाणिकरण सभा शनिबार सम्पन्न भएको छ । स्थानीय लक्ष्मी नारायण मन्दिरको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गरिन् ।

कार्याक्रमकी प्रमुख अतिथि उप्रेतीले हाल देशभर ३५ हजार सहकारी रहेको र सहकारीले देशको अर्थतन्त्रमा २० प्रतिशत योगदान गरिरहेको बताइन् । उनले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन कृषि सहकारी भरपर्दौ माध्यम भएको समेत उद्घोष गरिन् । नेपाल दिन प्रतिदिन कृषिमा परनिर्भर बन्दै गएको छ, प्रमुख अतिथि उप्रेतीले भनिन् सरकारले कृषिको आधुनिकीकरण गर्ने भनेको छ यो काम सहकारीबाटै सम्भव हुन्छ । त्यसमा पनि कृषि सहकारीको भूमिका बढी हुने उनको भनाइ थियो ।

पछिल्लो केही सहकारीमा सञ्चालक समिति र कर्मचारीहरुको लापर्वाहीका कारण सहकारी संस्थाहरुमा विश्वासको खडेरी पर्न थालेको बताइन् । सहकारीका मूल्य, मान्यता र सिद्यान्तलाई आत्मसाथ गरेर नचल्दा केही सहकारी बदनाम भएको तथा त्यसको असर देशभर पर्नथालेको उनको भनाइ थियो । उनले सहकारीको नीति, विधी र सिद्यान्तलाई आत्मसाथ गरेर सञ्चालन भएका सहकारीले देश तथा समाजको रुपान्तरण ठूलो योगदान गरिरहेको बताउँदै सबै सहकारीलाई एउटै दृष्टिले हेर्न नहुने समेत धारण राखिन् ।

सो अवसरमा संस्थाले विभिन्न विधाका १७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । यसरी, पुरस्कृत तथा सम्मानितहुने हरूमा स्वर्गीय डिगबहादुर सहकारी सम्मान संस्थाका संस्थापक अध्यक्ष नारायणबहादुर बस्नेत,उत्कृष्ट बचतकर्तातर्फ तुलसा श्रेष्ठ ,चक्रपाणि पोखरेल, सन्तोष प्रसाईं, दुर्गादेवी भारती र रस्मिका धिमाल, उत्कृष्ट बाल बचतकर्ता एञ्जल राजवंशी, उत्कृष्ट अनिवार्य बचततर्फ प्रतापकुमार राजवंशी र लालमाया मगर, उत्कृष्ट ऋणि रामचन्द्र आचार्य, डम्वरकुमारी थापा मगर, आमबहादुर राई र माया खड्का, उत्कृष्ट कृषकतर्फ नरप्रसाद बास्तोला र पुजा पुरी, उत्कृष्ट खेलाडीतर्फ जितु धिमाल र उत्कृष्ट व्यवसायी केशवप्रसाद पोखरेल छन् ।
कार्यक्रमकै अवसरमा ४७ जना ज्येष्ठ नागरिकलाई समेत संस्थाले सम्मान गरेको छ ।

सवैलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, संस्थाका अध्यक्ष हरिबहादुर बुढाथोकीलगायतले दोसल्ला अविर माला पहिर्याएर नगदसहित सम्मान पत्र प्रदान गरेक थिए । संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । शेयरपूजीँ ५ करोड ९३ लाख ४७ हजार ६ सय पुगेको प्रतिवेदनमा उल्लेख छ । बचततर्फ ३८ करोड ४२ लाख ६४ हजार ५ सय ४२, लगानीमा रहेको ऋण ३० करोड ७९ लाख २९ हजार ५ सय ४७ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले एकवर्षमा भए गरेका कामलगायत रणनीतिक योजनातर्जुमा समेत प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा मेचीनगर –८ का वडाध्यक्ष गिरीराज धमला, वडा नम्वर – ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, प्रधानमन्त्री कृषि आधूनिकीकरण परियोजना प्रमुख रविन्द्र सुवेदी, सहारा नेपाल ईटाभट्टाका संयोजक राजन गिरी, महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष टीका सुवेदी, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनालगायतले सहकारीहरूले नेपालको अर्थतन्त्र पुर्याएको योगदानको चर्चा गरेका थिए । लेखा संयोजक कमलप्रसाद बास्तोलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।