दुर्घटना न्यूनीकरणको लागि झापामा टायम कार्ड लागु


झापा । पछिल्लो समय झापासहित देशैभर सडक दुर्घटनाका घटनाहरुमा बृद्धि भइरहेको छ । त्यसलाई मध्यनजर गर्दै जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि आजबाट समय सारणा ९टायम कार्ड० लागु गरिएको छ । शनिबार एक कार्यक्रमका बिच विधिवत् रुपमै नेपालको पूर्वी सिमावर्ती शहर काँकरभिट्टाबाट टायम कार्ड लागु गरिरहेको हो ।

बढ्दो जनघनत्व र सवारी साधनको चापले पछिल्लो समय झापाका सडकहरु अत्यव्यस्थ बनिरहेका छन् । यसले सडक दुर्घटनाका जोखिमहरु थप बढिरहेका छन् । त्यस्तै पूर्व पश्चिम राजमार्ग एशियन हाइवेमा रुपान्तरणका लागि मर्मतकार्य सुरु भएसंगै थप ट्राफिम जोखिम बढीरहेको छ । साघुरो सडक त्यसमा पनि यातायातको अश्वस्थ प्रतिष्पर्धाले झन सवारी दुर्घटना बढ्दो रहेको यातायात क्षेत्रमा आबद्ध यातायातकर्मीहरूको भनाइ छ ।

सवारी दुर्घटना न्यूनीकरणको लागि टायम कार्ड आवश्यक थियो । सरकारले टायम काड लागू गरेपछि अब आफुहरूलाई सहज हुने सवारी चालक अमृत दाहाद बताउँछन् ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा सार्वजनिक सवारीसाधनलाई टाइम कार्ड लागु गरिएको र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने भएको छ । पूर्वबाट जाने सवारीसाधनहरूका लागि काँकरभिट्टा , बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरूका लागि दमकको तारावारी, लक्ष्मीपुर र काँकरभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

टाइमकार्ड अनुसार अब काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ । तीव्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइम कार्ड लागु भएको र त्यसलाई पुर्णरूपमा कार्यान्वयन गराउन जिल्ला मातहतका प्रहरी तथा ट्राफिक प्रहरी लागि पर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मिलन केसी बताउँछन् । झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको बताउँदै उनले गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका उनको भनाइ छ ।

त्यस्तै बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि अब यातायातकर्मी, सर्वसाधारण सबै सरोकारवाला निकायले टाइमकार्डको पुर्णरूपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउँछन् । आजबाट लागू भएको सवारी टायमकार्डले सवारी दुर्घटना र मानवीय क्षति न्यूनिकरणमा केही हदसम्म सहयोग पुर्याउने विश्वास राज्यले लिइएको उनको भनाइ छ ।

यसअघि २०७६ सालमा पनि झापामा टाइम कार्ड लागु भएको थियो । यधपी त्यसलाई लामो समयसम्म निरन्तरता दिन सकिएको थिएन । यसपटक लागु गरिएको सवारी टायमकार्ड कार्यान्वयनमा सबै सम्बन्धित सरोकारवाला निकायले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।