काँकरभिट्टामा ७०० केजी अवैध लसुन बरामद

काँकरभिट्टा । प्रहरीले झापाको मेचीनगरबाट भारततर्फ तस्करीका लागि तयार गरिएको अवैध लसुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई राखिएको बेवारिशे अवस्थामा दसुन बरामद गरेको हो ।
प्रहरीका अनुसार हिजो राति ०८ः३० बजे भेटिएको लसुन ७०० केजी रहेको र लसुनको मूल्य अन्दाजी दुई लाख ४० हजार रुपैयाँ रहेको छ ।
बरामद गरिएको लसुन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...