सतासीधाममा मङ्सिर १४ गतेदेखि गोरक्षा महोत्सव
शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आगामी मंसिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ – २०८१ हुने भएको छ । लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री शताक्षी गोवद्र्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
महोत्सवमा सोही महायज्ञ अन्तरगत पञ्चकुण्डिय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिंग महापुराण कथा प्रवचन, ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष अर्चना गरिने आयोजक संस्थाले जनाएको छ । सवा करोड रुद्धाक्षको माला निर्माण गरी रुद्राक्षको शिवलिङ्ग निर्माण गरिदैछ । महोत्सवको लागि पूर्व पश्चिम लोकमार्गमा गेट निर्माणको काम भइसकेको श्री शताक्षी गोवद्र्धन गौशालाले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवमा अनुसार करिब ४०० का हाराहारीमा अन्तर्राष्ट्रिय विद्वान वर्ग सहभागी सहभागी हुनेछन् ।
गौशलाको बार्षिकोत्सवका अवसर पारेर १२ दिने महायज्ञसहित बिभिन्न कार्यक्रमको आयोजना गरिएको गौशलाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिए । उनका अनुसार मंसीर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन् ।

यसैगरी मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक बिचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्र सम्पन्न हुनेछ ।
लिंग महापराण कथा प्रवचक विद्धत्वरेण्य आचार्य पं. लक्ष्मीप्रसाद खतिवडा पाठपारायण आचार्य पं. मदनमोहन अधिकारी रहने बताइएको छ । हाल गौशालामा ६६२ वटा गाईबाछा छन् भने बाहिर २१ सय ६० वटा रहेका आचार्य प. भारद्धाजले बताए ।
गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक ५ देखि ६ लाख खर्च हुने गरेको उनले बताएका छन् ।
आचार्य नन्दशिशोर भारद्वाजले गौशालाले पूर्वका गाईहरुलाई संरक्षण गरेको छ । उनले भने, हामी पश्चिम नेपालदेखिका गौमाताहरुलाई संरक्षण गछौं । गौ हत्या गर्नु महापाप हो, गौ भनेको देवी हुन् ।

उनलाई बेच्न, उनको हत्या गर्नू हुँदैन । गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गरेका थिए । कार्यक्रममा गौशाला प्रमुख घनश्याम खनाल शास्त्री, कार्यसमिति सदस्य कृष्ण खरेललगायतको उपस्थिति रहेको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
