रास्वपाको प्रदर्शन न्यायालय प्रभावित गर्ने प्रयास : महामन्त्री शर्मा


काठमाडौँ  ।  सहकारी ठगी र संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि मुद्दा लगाइएको भन्दै रास्वपाका नेता/कार्यकर्ता पोखरामा सडक प्रदर्शन गरिरहेका छन् । रास्वपाको पोखरामा भइरहेको प्रदर्शन न्यायालयलाई प्रभावित पार्ने प्रयास भएको सत्तारुढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन् ।

बुधबार सामाजिक संजालमा महामन्त्री शर्माले रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोधको भ्रम फैलाइरहेको बताएका हुन् । ुरास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ ुप्रचलित कानुन बमोजिम कारबाही गर्नूु तर प्रक्रिया सुरु भएपछि ञराजनीतिक प्रतिशोधझ भन्नु संसदीय समिति र संसद्कै अपमान होइन र रु,ु शर्माले प्रश्न गरेका छन्, ुप्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रमरप्रयास वैकल्पिक राजनीति कि विधि उपर समेतको ठगी रुु

सहकारी ठगीमा दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता भएको पनि शर्माको भनाइ छ ।

शर्माले कांग्रेसकै उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङको सहकारी ठगीमा संलग्नतामाथि छानबिनको मागबारे भने केही उल्लेख गरेका छैनन् । गुरुङ ललितपुरको मितेरी सहकारी ठगीमा संलग्न रहेको आरोप छ तर उनीमाथि प्रहरी प्रशासनले छानबिन थालेको छैन । महामन्त्री शर्माले सहकारी ठगीमा जुनसुकै पार्टीका नेता जेल परे पनि अन्यथा मान्न नहुने शर्माको भनाइ छ । ुकांग्रेसका दुई(चार, एमालेका दुई(चार, माओवादी, राप्रपा र रास्वपाका दुई(चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ, सडक विलापको जगहँसाइ नगरौं ।ु