आज पनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी
आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम सोमबार पनि जारी छ। सोमबार ४५ घडी ५५ पला द्वादशी तिथि छ।
बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्।
टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ। फूलपातीका दिन बिहीबार शुरु भएकोबडादशैँको बिदा सोमबारसम्म रहेको छ। मंगलबारदेखि कार्यालय खुल्ने भएका कारण अब भने सर्वसाधारण गाउँबाट शहर फर्किने क्रम शुरु हुन्छ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
