कन्भेन्टले गर्यो शुभकामना आदान प्रदान
धुलाबारी । मेचीनगर – १० स्थित कन्भेन्ट इङ्लिस बोर्डिङ स्कूलले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई वडा दशंैको शुभकामना दिँदै टिका लगाएर दक्षिणा समेत प्रदान गरेका थिए ।

सो अवसरमा विद्यालयकी कोअर्डिनेटर सीता भेटवालले समेत सहभागिहरुलाई टिका लगाएर आर्शिवाद दिएकी थिइन् ।
विद्यालयले हरेक वर्ष वडा दशैंको अवसरमा शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई टिका लगाएर दक्षिण सहित शुभकामना दिँदै आएको विद्यालयका शिक्षक भेटवालले जानकारी दिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुले रोचक एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
