कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेल सार्वजनिक


झापा  । लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति नाति पुस्ताको खेलको लोकार्पण तथा कृतिमाथिको समूह छलफल  (प्यानल डिस्कसन) शनिबार दमकमा गरिएको छ ।

कवि तथा स्थापित गजलकार केशव आचार्यले सो कृतिको विमोचन गर्नुभएको हो । पद्मजी पुरस्कार विजेता बरालको कृति नाति पुस्ताको खेलमा शक्तिशाली लेखन बिम्ब र पाठकको मन खिच्ने ओझ भएको विश्वास लोकार्पण कार्यक्रमका वक्ताको छ ।

बराल आख्यान पछि पुनः निबन्ध लेखनमा आएका हुन् । निबन्धमा खेल्ने ठाउँ अधिक हुने भएकोले आफू फेरि त्यता मोडिएको उनले बताए। उनको लेखनीमा फिक्सन छ । नाति पुस्ताको खेलमा पनि लेखकले लीलालेखन प्रविधिको भरपुर प्रयोग गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, प्राज्ञद्वय मुनाराज शेर्मा र सुमित्रा आङ्देल, डा। बालचन्द्र सुब्बा , प्रकाश बुढाथोकी, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिं गोम्देन आआफ्नो धारणा राखेका थिए ।

प्रकाश थाम्सुहाङले सहजीकरण गरेको प्यानल डिस्कसन ९ समूह छलफल ० मा २८ सालका लेखक कुमार भट्टराई र मिश्र वैजयन्तीले कृतिको उत्खनन गरेका थिए । पात्र परिवर्तन हुँदैमा चरित्र परिवर्तन नहुने धारण राखेका लेखक भट्टराईले भने,ू नाति पुस्ताको खेल विगत, वर्तमान र आगतको चित्र छर्लङ्ग पार्ने दर्बिलो कृति हो ।ू

यसअघि बरालका तीन पिँढी एउटा सिँढी, लीलावार्ता र शरणार्थी, कथा च्यातिएका, अवतरण, अरामायण, समय हराएको बेला कृति प्रकाशित छन् ।

बरालको समय हराएको बेला पद्मश्री पुरस्कार पाएको कृति हो । अरामायण साहित्यकार बरालको बेनामे कृति हो । अरामायणको समीक्षा डा। शंकर उप्रेतीले गरेपछि मात्रै बरालको कृति भएको त्यसबेला खुलेको थियो ।

श्रष्टा प्रकाशनले बजारमा ल्याएको नाति पुस्ताको खेलमा तीन खण्ड छ । २५ वटा निबन्ध रहेको कृति दुई सय पृष्ठको छ । प्रकाशकका तर्फबाट अध्यक्ष सुन्दर कुरुप , यम थुलुङ र राजकुमारले बोलेका थिए ।