मेचीनगर : पठन संस्कृतिको विकासका लागि अभियान
मेचीनगर । झापाको मेचीनगरमा पठन संस्कृतिको विकास गराउन आगामी मंसिर २६ गते देखि २८ गतेसम्म पठन महोत्सव आयोजना हुने भएको छ । देशमै पहिलो पटक आयोजना हुन लागेको महोत्सवलाई ब्यवस्थित गर्न शनिवार काँकरट्टिामा छलफल समेत आयोजना गरिएको थियो ।
देवकोटा पार्कमा आयोजित छलफलको संयोजन पत्रकार सन्तोष आचार्यले गरेका थिए । सो अवसरमा शिक्षक, पत्रकार, पठन संस्कृतिमा विश्वास गर्ने बिभिन्न क्षेत्रका ब्याक्तिहरुको सहभागिता रहेको थियो ।
‘महोत्सव विद्यार्थी केन्द्रित हुने छ । हामीले मेचीनगरमा समेत पढ्ने मानिसको कमी छैन भन्ने संदेश दिनु छ । त्यसैले सबैलाई बढ्ने बानीको विकास गराउनु छ ।’ छलफलका संयोजक पत्रकार आचार्यले भने ।
कार्यक्रमा मेचीनगरमा रहेका नीजि सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागि गराइने बताइएको छ । सो अवसरमा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, रोडियो मन्त्रका प्रवन्ध निर्देशक ज्ञानेन्द निरौला, खवरमञ्चका सम्पादक प्रकाश पौडेल, तारापुञ्ज अंग्रेजी माविका प्रिन्सिपल प्रकाश दाहाल, एमिटी पब्लिक स्कूलका प्रिन्सिपल सुवर्ण भट्टराई, अरुणोदयका दुर्गा बहादुर लुइटेल, भगिरथ राई, काँकरभिट्टा माविका साहयक प्र.अ.मदन अधिकारी, देवकोटा पार्क ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा, अंकित पुस्तक सदनका प्रोपाइटर खिलबहादु घिमिरे लगायत बिभिन्न क्षेत्रका ब्याक्तिहरुको सहागिता रहेको थियो ।
सहभागिहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत तथा सञ्चालन मुकुन्द शिवाकोटीले गरेका थिए ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


