झापामा बाढी : दुई जनालाई बगायो, पुल र मोटरसाइकल पनि बगे
झापा। झापामा बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले झापाको कमल गाउँपालिका र कचनकवल गाउँपालिकामा एक–एक जनालाई बगाएको हो । प्रहरीका अनुसार बाढीले एउटा पुल र एउटा मोटरसाइकल पनि बगाएको छ ।
शुक्रबार दिउँसो कचनकवल गाउँपालिका –१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
झापाको कमल गाउँपालिका– १ का ३५ वर्षीय टिकाराम चौधरी कृष्ने खोलामा बेपत्ता भएका छन् । माछा मार्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले बताएको छ ।
कचनकवल– २ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र।१–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको प्रहरीले बताएको छ । चालक सोही स्थानका २७ वर्षीय रबिन भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
बाढीले अर्जुनधारा नगरपालिका– ७ मा बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल – १ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको छ ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


