धुलाबारीमा हिमालयन लाइफको अन्तरक्रिया
मेचीनगर । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लि।कोशी प्रदेशको आयोजनामा मंगलबार मेचीनगरको धुलाबारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रममा काँकरभिट्टा, धुलाबारी र बुद्धशान्ति शाखा अन्तरर्गतका ६० जना सक्रिय अभिकर्ताहरुको सभागिता रहेको थियो ।
धुलाबारी शाखा प्रमुख गोपाल दाहालको सभापतित्व एवम् जोनल हेड नवीन थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथि कोशी प्रदेश उपप्रमुख नवीन मिश्र थिए ।
सो अवसरमा प्रमुख अतिथि थापा र विशेष अतिथि मिश्रले जीवन बीमाको आवश्यक्ता र औचित्यमाथि प्रकाश पार्दै गाउँ –गाउँमा जीवन बीमा अभियान थाल्न एजेन्सीहरुलाई आग्रह गरे । उनीहरुले कम्पनीले ल्याएका नयाँ प्रोडक्टहरुको बारेमा समेत जानकारी गराएका थिए । सहभागि एजेन्सीहरुले समेत जीवन बीमा गराउँदा आइपर्नै समस्याका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सहभागिहरुलाई काँकरभिट्टा शाखाका शाखा प्रमुख रमेश तिम्सिनाले स्वागत गरेका थिए भने सञ्चालन बुधबारे शाखा प्रमुख कविराज मिश्रले गरेका थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
