सदस्यलाई उत्पादनसँग जोड्दै साना किसान कृषि सहकारी संस्था 


बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले सदस्यहरुलाई उत्पादनसँग जोड्ने कार्य गर्दै आएको छ । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले २१ औँ वार्षिक साधारणसभाको अवसरमा सदस्यहरुले उत्पादन गरेको अग्र्यानिक तरकारी, अचार र झोला अतिथिहरुलाई मायाको चिनोको रुपमा वितरण गरेको थियो ।

मंगलबार मेचीनगर-४ स्थित बाहुण्डाँगी सामुदायिक भवनको सभाहलमा सम्पन्न साधारण सभामा अध्यक्ष टुकादेवी दाहालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गत साधारण सभाको निणर्य बमोजिम संस्थाद्वारा तरकारीको विउविजन निःशुल्क वितरण गरिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगरका कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदयसिंह राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर-२ का वडा अध्यक्ष दीपक बराल, राष्ट्रिय सहकारी बैकलि. धुलाबारीका शाखा प्रबन्धक प्रेमकुमार श्रेष्ठ, सहायक कमल खनाल, कृष्ण लक्ष्मी संकलक कृषि सहकारी संस्थाका अध्यक्ष हिम्मत क्षेत्री, पानस कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्रराज मल्ल, प्रेरणा कृषि सहकारी संस्थाका अध्यक्ष बद्री निरौला, बौद्धमोड कृषि सहकारी संस्थाका सञ्चालक गीता काफ्ले, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य तिलजा देवान, माया प्याकुरेल, वडा सदस्यहरु हरि नारायण न्यौपाने, सीता वि।क, डम्बरी बेडारी, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष पुण्डेप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मुख्य प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए ।

२०५३/०३/३१ मा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता गरी २०५३/१०/०१ देखि साना किसान विकास आयोजनाको सम्पूणर् कारोबार तथा व्यवस्थापनमा शुरु गरेको संस्थाको मेचीनगरका ५ वटै वडामा कार्यक्षेत्र रही २३९ समूह भित्र १५२८ घर परिवारलाई आबद्ध गरेको छ । संस्थाले सदस्यहरुको हितका लागि लघु कर्जा, पशुपालन कर्जा, ग्रामीण उद्यम कर्जा प्रदान गर्दे आएको छ । १६ करोड ७७ लाख ३२ हजार ६ सय ९८ कुल वासलात रहेको संस्थाले यस वर्ष २९ लाख ८४ हजार ७ सय ७९ मुनाफा गरेको छ । संस्थाको १ करोड ८८ लाख १ हजार शेयर पूँजी रहेको छ भने बचततर्फ ३ करोड ३७ लाख ८६ हजार रहेको जानकारी गराउँदछु । संस्थाले ४ करोड ३५ लाख ४८ हजार ८ सय ५१ ऋण लगानी गरेको छ ।

संस्थाले विगत ७ वर्षदेखि साना किसान विकास बैंक, इजरायली राजदुतावास र साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा संचालन भएको कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत ११ महिने कृषि तालिम लिएर ६ वटा टोलीका ९ जना विद्यार्थी फर्किएका छन् । संस्थाको आर्थिक सहयोगमा पशुपालन गर्ने ४२ जना कृषक सदस्यलाई गाई भैंसी पालन सम्बन्धी तालिम तथा ७० जनालाई क्षमता विकास तालिम सञ्चालन गरिएको छ । सस्थाले सुत्केरी पोषण कार्यक्रम, पशु नश्ल सुधार कार्यक्रम, मृत्यु राहत तथा समवेदना कार्यक्रम समेत सञ्चालन गरेको छ ।

कार्यक्रममा सामुदायिक विद्यालयमा एसर्ईई पास गर्ने विद्यार्थी समूह नं। १२२ की सदस्य निर्मला नेपालकी छोरी मन्दीका नेपालले ३।७१ जिपिए प्राप्त गरेकाले रु २१००।- तथा २ मा समूह नं. २०२ की सदस्य प्रमिला गौतमको छोरा विपिन गौतमले २।९८ जिपिए प्राप्त गरेकाले रु ३,१००।- छात्रवृत्ति पुरस्कार वितरण गरेको छ ।

संस्थामा कारोबार गर्ने जेष्ठ सदस्यहरु समूह नं.२५ की सदस्य दुर्गादेवी रिमाल र समूह नं. १४१ का सदस्य गोविन्द वन, समूह नं. २६ का सदस्य उमा कार्कीलाई ज्येष्ठ सदस्य सम्मान गरिएको छ भने उत्कृष्ट ऋणीतर्फ सीता खड्का समूह नं. १५९, उत्कृष्ट बचतकर्तातर्फ विमल वज्राचार्य, उत्कृष्ट अन्तर समूहतर्फ अन्तर समुह ५ ख, उत्कृष्ट समूहतर्फ समुह नं.२११ लाई नगदसहित सम्मान गरिएको छ ।