मेचीनगरका कर्मचारीहरूलाई अब बिना धितो कर्जा
मेचीनगर । मेचीनगर नगरपालिका र नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा बीच बिना धितामो कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस समझदारी पत्रमा बैकको तर्फबाट काँकरभिट्टा शाखा प्रमुख गोविन्द प्रसाद सुवेदी र मेचीनगर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी हस्ताक्षर गरे।
त्यस्तै समझौताको साक्षीको रुपमा मेचीनगरको तर्फबाट आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की र बैकको तर्फबाट सहायक प्रबन्धक श्रद्धाले हस्ताक्षर गरेका थिए ।
शुक्रबार सम्पन्न द्विपक्षीय समझदारी पत्र अनुसार नगरपालिका स्थायी कर्मचारीलाई सरल तरिकाबाट बिना धितोमा १५ लाख सम्मको कर्जा प्रदान गरिने सहमति भएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
यो सम्झौता पछि मेचीनगरका कर्मचारीहरूले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा लिन सहज हुने विश्वास लिइएको मेचीनगरका आर्थिक प्रशासन शाखा प्रमुख कार्की बताउँछन् ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


