जंगली हात्तीबाट बाली जोगाउन ‘मोवाइल फेन्सिङ’

मेचीनगर । छिमेकी मुलुक भारतबाट आउने जंगली हात्तीबाट किसानले लगाएको धानबाली जोगाउन मेची किनारमा ‘मोवाइल फेन्सिङ’ लगाइएको छ । मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले एक कार्यक्रमका बिच आज उक्त ‘मोवाइल फेन्सिङ’ उद्घाटन गरेका हुन् ।
मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय विगाह जमिनमा लगाउन थालिएको ‘मोवाइल फेन्सिङ’(मौसमी फेन्सिङ) मध्ये दोस्रो खण्ड नगरप्रमुख बुढाथोकीले आज १ नं वडाको करिब १०० बिगाहा जमिनमा फैलिएको फेन्सिङको स्विच अन गरि करेन्ट छाड्दै विधिवत् रूपमा उद्घाटन गरे ।
मेचीनगरको पहलमा सुरु भएको ‘मोवाइल फेन्सिङ’ घेराबारा गर्न इसिमोड नेपालको १३ लाख आर्थिक सहयोग तथा उज्यालो नेपाल बर्दियाको प्राबिधिक सहयोग रहेको छ ।
फेन्सिङको उद्घाटन गर्न फिल्डमा पुगेका नगरप्रमुख बुढाथोकीले बाहुनडाँगीमा हात्तीको समस्या धेरै रहेको बताउँदै त्यसलाई समाधान गर्न लागि परिरहेको बताए ।

बाहुनडाँगी क्षेत्रमा हात्ती समस्या बर्षौ देखि चल्दै आएता पनि यसलाई निर्मुल पार्न धेरै प्रयत्न थालिएको छ । जस मध्येको एक फेन्सिङ पनि रहेको उनले बताए । कम लागतमा जडान हुने फेन्सिङले जंगली हात्तीबाट बाली जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । त्यहाँ सफल भएपछि मेचीनगरको बाहुनडाँगीमा प्रयोगमा ल्याइएको ईन्जिनियर चिरायु थापाले जानकारी दिए ।
उद्घाटन कार्यक्रम नगरप्रमुखसहित मेचीनगर १ का वडाध्यक्ष राजकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, पुर्व मेचीनगर १ का वडाध्यक्ष पासाङ तामाङ, कार्यपालिका सदस्य तुलसा देवान, उज्यालो नेपाल बर्दियाका ईन्जिनियर चिरायु थापा, प्राविधिक नवराज पोख्रेललगायत स्थानीयको सहभागीता रहेको थियो ।
मेची भन्सार : लक्ष्य नजिक, निर्यात भन्दा आयात बढी

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...
लिङ्कन मन्टेश्वरी : प्राइमरी लेभलमा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...
मेचीनगरमा राजवंशी समुदायले हर्षोल्लास साथ मनाए सिरुवा

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...
एमाले कोशी : पहिलो र बृहत विज्ञान प्रदर्शनी हुने

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...