प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलाप भव्य


इटाभट्टा । प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलाप कार्यक्रम भव्य रुपमा सम्पन भएको छ । शुक्रवार दुर्गा आवसिय विद्यालय मेचीनगर–१२ धाइजनमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
प्याब्सन मेचीनगर अन्तरगत आवद्ध ३७ वटा विद्यालय मध्ये अतिरिक्त कार्यक्रममा २६ वटा विद्यालयले सहभागिता जनाएका थिए । झापा प्याब्सनको वार्षिक कार्ययोजना अनुसार प्याब्सन मेचीनगरको अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको हो ।

आकस्मिक वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ र १० का छात्र छात्रा, कक्षा १० सम्म कविता लेखन तथा वाचन, हाजिरीजवाफ प्रतियोगिता कक्षा ५ सम्म र कक्षा ८ सम्मका छात्र छात्राको अंग्रेजी हिज्जे लेखन, चित्रकला प्रतियोगिता, निबन्ध लेखन लगायतका विद्यामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कविता विद्यामा भने नौलो मुल्याङ्कन विधि प्रयोग गरि फरक फरक विद्यार्थीहरुमा फरक फरक सिप तथा प्रतिभा हुन्छ भन्ने मान्यता राखी प्रथम, दोस्रो र तेस्रो हुने गरि चलिआएको मुल्याङ्कन विधिलाई बदलेर सहभागी सबै विद्यार्थीहरुको प्रतिभालाई पहिचान गरि पुरस्कृत गरिएको प्याब्सन मेचीनगरका कार्यवहाक अध्यक्ष बिक्रम क्षेत्रीले बताए ।

कार्यक्रममा प्याब्सन मेचीनगरका कार्यवहाक अध्यक्ष बिक्रम क्षेत्री अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कमल भेट्टवाल, सचिव नेत्र खतिवडा सदस्य पदम रुचाल, योगराज मैनाली, शान्ति गजमेर, विजय भट्टराईको सक्रिय सहभागिता रहेको थियो । अतिरिक्त क्रियाकलाप कार्यक्रममा प्रमूख अतिथि प्याब्सन कोशी प्रदेश सदस्य अजय आले मगर रहेका थिए ।