राष्ट्रिय युवा संघले बुझायो वडा कार्यलयलाई ध्यानाकर्षण पत्र


मेचीनगर । राष्ट्रिय युवा संघले मेचीनगर ८ वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जनप्रतिनिधि र वडा कार्यालयबाट तुलनात्मक रूपमा जनअपेक्षित कार्य सम्पादन नभएको भन्दै युवा संघ मेचीनगर ८ वडा कमिटीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

आज वडा कार्यालय परिसरमा नै पुगेर युवा संघ वडा कमिटीका पदाधिकारीले वडाध्यक्ष गिरिराज धमला, वडासदस्य कुन्दन निरौला, बिष्णु भट्टराई, कविता खनाल सार्की र वडा सचिव पवित्रा सुब्बालाई ध्यानाकर्षण पत्र बुझाइएक‍ युवा संघ वडा कमिटी सचिव आकाश ढुङ्गानाले बताए ।

जनताको गुनासोको आधारमा आफुहरूले बुदागत रूपमा वडा कार्यालयमा ध्यानाकर्षण गराएको अध्यक्ष ललित थामी बताउँछन् । उनले अब वडाका जनप्रतिनिधि र कर्मचारीले प्राथमिकताका साथ जनताको सेवा गर्नेमा आशावादी रहेको बताए । साथै यसलाई बेवास्ता गरेमा युवा संघ त्यसमा खरो भएर उभिने उनले बताए ।

यता मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमलाले जनताको सेवामा वडाका जनप्रतिनिधि सधैं एक भएर अघि बढिरहेको बताए । उनले आफुहरू सधैं जनताको सेवामा तल्लीन रहिआएको भएता पनि अझै थुप्रै कामहरू गर्न बाँकी रहेको र ती अब क्रमश अघि बढिरहने उनको भनाइ छ ।

यस्तो छ युवा संघ मेचीनगर-८ वडा कमिटीको ध्यानाकर्षण पत्र :

हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपाल सदैव न्यायको पक्षमा बोल्ने संगठन हो । राष्ट्रिय युवा संघ नेपालले नेपाली युवाको हक, हित र अधिकारका साथै, प्रगतिशिल राजनीतिक व्यवस्थाका पक्षमा आफ्‌नो आन्दोलन केन्द्रित रहेको संगठन हो । हामीले मेचीनगर ८ वडा कार्यालयबाट जनताको गुनासो तथा सुशासन कमजोर रहेको महसुस गरी मेचीनगर ८ वडा कार्यालयमा यो ध्यानाकर्षण पत्र लेख्न हामी बाध्य भएका छौं ।

१) जनप्रतिनिधि ज्यूहरुबाट चुनावी घोषणा पत्रमा गर्ने भनेर गरिएका बाचाका कामहरु नगरिएका र अलपत्र अवस्थामा छन् ।

जस्तैः (क) चोक चोकमा सिसी क्यामेरा (ख) घर-घरमा वृद्ध भत्ता (ग) अन्य

२) जनप्रतिनिधि ज्यूहरुको लापरवाही र तालमेल नहुँदा नगरबाट वार्डमा आउने बजेटमा गिरावट देखियो र त्यसको प्रत्यक्ष असर

वार्डका विभिन्न विकास निर्माणमा देखियो । जस्तैः
(क) वार्डका लगभग बाटोहरु जीर्ण हुँदै, (ख) पिच भएका बाटोहरु भत्कँदै जाँदा वार्डबाट त्यस बाटोको मर्मत हुन नसक्नु । (ग) विभिन्न विकास निर्माणका काम वार्डबाट हुन नसक्दा आम वडा बासीहरु जनप्रतिनिधि ज्यूहरुसँग रुष्ट हुँदै ।

३) वार्ड भरी लगभग धेरै सडक बत्तीमा समस्या, उच्च गुणस्तरीय बल्बको अभाव

४) किसानहरुको समस्यामा वार्डबाट वेवास्ता गरिएको जस्तैः

(क) जनतालाई कृषि औजार नपाएको, (ख) मल, विऊ नपाएको, (ग) सिञ्चाइँ नपाएको र (घ) अनुदान नपाएको

५) युवा मैत्री कार्यक्रम शुन्य अवस्थामा रहेको जस्तै :
(क) खेलकुद सम्बन्धी कार्यक्रम छैन । (ख) युवाका हकमा कुनै पनि विधामा प्रोत्साहन तालिम आदि नभएको

(६) वार्डका धेरै बाटोहरु जिर्ण अवस्थामा धुलाम्मे हुँदा वार्ड बासी जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको । वार्ड जनप्रतिनिधिबाट कुनै ठोस योजना र समाधान नखोजेको । जनप्रतिनिधिज्यूहरुबाट खाली टालटुले काम गर्ने र जनतालाई झुक्याउने खाल्को झलक देखियो ।

(७) वार्ड कर्मचारीहरुले आफु खुशी समयमा आउने जाने त्यसमा वार्डले रोकतोक नगर्नु कर्मचारीतन्त्रले बढावा पाउँदा आमवार्डबासी जनताले दुःख सास्ती पाइरहेको ।

(८) वार्ड भरि लगभग बिजुलीको पोल र तार अस्तव्यस्त रहेको र त्यसको व्यवस्थापनका निम्ति वार्डबाट कुनै योजना नबनाएको । आम बार्डबासी जनतामा पोल लड्छ कि भन्ने त्रास लिंदै दिन रात काटिरहेको अवस्था ।

(९) धार्मिक तथा पर्यटकीय क्षेत्रमा बजेट विनियोजन नगरिएको ।

(१०) जातजाति, भाषा भाषिको सांस्कृतिक विकास लागि बजेट व्यवस्था गर्न नसकेको ।

(११) निःशुल्क स्वास्थ्य विमालाई निरन्तरता नदिएको

(१२) जेष्ठ नागरिक, अपाङ्ग दृष्टिविहीन, एकल महिला, अति विपन्न वर्गका लागि स्थानीय तहबाट बजेट विनियोजन नगरिएको ।