स्थानीय तहको स्व–मूल्याङ्कनमा मेचीनगर चौथो

मेचीनगर । स्थानीय तहको स्वमूल्याङ्कनमा मेचीनगर झापामा चौथो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९र०८० प्रतिवेदन सार्वजनिक गरेको छ जसमा झापा जिल्लाका स्थानीय तहहरु मध्ये ७५.७५ अंक ल्याई मेचिनगर चौथो भएको हो ।
छनौटका आधारहरु रहेका शासकिय प्रबन्ध, वित्तिय आर्थिक व्यवस्थापन, सेवा प्रवाह, पुर्वाधार विकास र विपद व्यवस्थापनमा भने मेचिनगर अब्बल देखिएको छ ।
झापा जिल्लामा ८५.५० अंक ल्याई कन्काई नगरपालिका प्रथम भएको छ । त्यसैगरि ७७ अंक ल्याई झापा गाउँपालिका दोश्रो र ७६.५० अंक ल्याई दमक तेश्रो भएको छ ।
झापा जिल्लामा सबै भन्दा कम ४३.७५ अंक ल्याई बुद्धशान्ति गाउँपालिका पुछारमा रहेको छ ।
मन्त्रालयले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये नगरपालिकातर्फ ९२.५० अंक ल्याउँदै धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको छ भने गाउँपालिका तर्फ धादिङकै बेनिघाट रोराङ गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ रोराङले ८७.२५ अंक ल्याएको छ ।
महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९र०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित भएको छ । ललितपुरले ८४।५० अंक प्राप्त गर्दै आफूलाई अब्बल सावित गरेको हो ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...