मेचीनगर सरकार विरूद्ध ६ दल आन्दोलित (प्रेस विज्ञप्तिसहित)

मेचीनगर । मेचीनगरका ६ राजनीतिक दलले मेचीनगर सरकार विरूद्ध आज पत्रकार सम्मेलन गरेर भदौ पहिलो हप्तादेखि सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयको भवनमा आयोजित ६ दलको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्रका क्षेत्रिय अध्यक्ष माधव अर्याल, नेकपा एकीकृत समाजवादी झापा सचिव वीपी भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय सभापति भिमबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरका कार्यवाहक अध्यक्ष होमबहादुर विष्ट, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको हस्ताक्षर रहेको छ ।
मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्यले नगरपालिकाले वर्माबाट रोहिनियालाई खेदे जस्तो, बंगलादेशबाट भागेर नेपाल आए जस्तो व्यवहार नगर्न आग्रह गरेका थिए ।
कांग्रेसका कोशी प्रदेश सदस्य समेत रहेका आचार्यले नगरका नागरिकलाई स्वार्थ भन्दामाथि उठेर सेवा दिन माग गरे ।
कांग्रेस क्षेत्रीय सभापति बुढाथोकीले यहि साउन १८ गते नगरपालिकालाई ६ दलले बुझाएको २१ बुँदे ज्ञापन पत्रको कुनै जवाफ नआएकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनले नगरपालिकाले ज्ञापनपत्रको बारेमा कुनै जानकारी नभएपछि अब भदौ महिनाको पहिलो हप्तादेखि चरणबद्व आन्दोलन गर्ने बताए ।
माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले नगरको अहिलेको बजेट, विभिन्न योजनाहरू, कर्मचारीबीच विवाद, पटके सवारी कर, विकास निर्माण लगायतका कामहरूमा विभेद र समयमा सम्पन्न गर्न नसकेकोमा दुःख व्यक्त गरेको छ ।
माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले नगरवासीप्रति नगरपालिका निरीह भएकोले अन्तिम आन्दोलन हुन सक्ने जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति भिमबहादुर कुँवर, नगर सभापति कमल गौतमले जनताको हितका लागि सशक्त आन्दोलन गर्ने बताएका छन् ।
यस्तो छ संयुक्त प्रेस विज्ञप्ति

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...