शिक्षामा सधार ल्याउन नीतिनै संशोधन गर्नुपर्छ : मेयर बुढाथोकी
मेचीनगर । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् ।
धुलाबारी क्याम्पसको बार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले शिक्षा नीति र कानुनी ब्यवस्थापन संशोधन गरेर मात्रै स्थानीय सरकारले त्यसको जवाफदेही बन्ने बताएका हुन् ।
उनले बिद्यालयको गुणस्तर र भौतिक पुर्वधार ब्यवस्थापनमा सुधार ल्याउन संघीय सरकारले कानुनलाई संशोधन गर्नुपर्ने औंल्याएका थिए । उपल्लो तहले ब्यवस्थापन नगर्दा पनि मेचीनगरले नगरमा संचालनमा रहेका ४२ वटामध्ये १६ वटा बिद्यालयको टिनको छानो फेरिदिएको बताए । २२ वटा बिद्यालयको छानो चुहिने भएकै कारण मौसम प्रतिकुल हुँदा विद्यार्थीहरु रुखको फेदमा र शिक्षक हलमा पुग्ने गरेको भन्दै नगर प्रमुख बुढाथोकीले भने, ‘त्यस्ता बिद्यालयको पुर्वाधार सुधारका लागि थालनी गरेको छ ।’
उनले नगरपालिकाभित्र संचालन हुँदैआएका मध्ये केही बिद्यालय मर्ज गर्नुपर्ने अवस्था देखिएको समेत बताए । सिङ्गो देशको अवस्थासंगै ञप्लस टुझमा अध्ययनरत बिद्यार्थी पलायनले क्याम्पस तहमा ठूलो समस्या देखिएको औंल्याए । क्याम्पसमा एड्मिशन हुँदा एउटा सङ्ख्यामा अध्ययनरत बिद्यार्थीमध्ये आधाले मात्रै एक्जाम दिने गरेकाले जटिल समस्या आएको नगरप्रमुख बुढाथोकीको भनाई थियो । उनले नगरको गहनाको रुपमा रहेको धुलाबारी क्याम्पसलाई नगरले पुर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...