‘जहाँ दैनिक १ लाख भक्तजनले दर्शन गर्छन’

यस पटकको हाम्रो मिसन थियो जगन्नाथ मन्दिरको दर्शन । कलकत्ता हुदैँ ओडिशा राज्यको पुरी जाने योजना अनुरुप हामीले जलपाइगुडीदेखी सयालदायसम्मको टिकट काटेका थियौं ।

 

प्रकाश पौडेल

पछिल्लो समयमा हाम्रो छिमेकी मुलुकको विकास तिव्र गतिमा भइरहेको छ । सडक सञ्जाल, रेल मार्ग र सहरी क्षेत्रमा मेट्रो योजनालाई भारत सरकारले प्राथमिक्ताका साथ अघि बढाइरहेको छ । भारतको विभिन्न राज्यमा यात्रा गर्दा यी कुराको अनुभुत जो कोहीलाई पनि हुन्छ । जनतासँग प्रत्यक्ष सरकार जोडिएको छ । सरकारले दिने सेवा–सुविधा जनमुखी छन् । एक साता अघि हामीले भारतको कलकत्ता र ओडिशा राज्यको यात्राका क्रममा गरिएको अनुभुत हो यो ।
साउन १० गते विहिवार आत्मीय मित्र युवराज आचार्य, प्रबिन अधिकारी पुस्कर गुरागाई र म गरि चार सदस्यीय टोलीले पश्चिम बंगालको न्यू जलपाइगुडीबाट यात्रा आरम्भ गर्यौँ । यस पटकको हाम्रो मिसन थियो जगन्नाथ मन्दिरको दर्शन । कलकत्ता हुदैँ ओडिशा राज्यको पुरी जाने योजना अनुरुप हामीले जलपाइगुडीदेखी सयालदायसम्मको टिकट काटेका थियौं । बिहान कलकत्ता पुगेर पुरै सहर घुम्ने अनि वेलुकाको रेलबाट पुरी जाने गरिको टिकट काटिएको थियो ।
कलकत्ता भारतको पश्चिम बंगाल राज्यको राजधानी र सबैभन्दा ठूलो शहर हो । भारतको पुरानो राजधानी समेत रहेको कलकत्तामा ४ करोड ५० लाख मानिसको बसोवास रहेको छ । यति ठुलो शहर एकै दिनमा घुमेर कहाँ सकिन्थ्यो र, तर पनि प्रमुख र छुट्याउनै नहुने गन्तव्यको पहिचान गरियो । भारतकै ठूलो मध्येकै एक सयालदाय रेलवे स्टेशनको छेउमै रहेको मूख्य मेट्रो स्टेशनबाट सेक्टर ५ सम्मको रु २० को टिकट काटियो । मेट्रोसँगसँगै शहरको दृश्यवलोकन गर्ने मौका थियो, हामीसँग । प्रविन जी बाहेक हामी तीनजना चाहीँ एक बर्ष अघि सुन्तला महोत्सवमा सहभागी हुन आएकाले दोस्रो अनुभव थियो कलकताको ।
दोस्रो पटक आउँदाको फरक भने आचार्यजनक नै रह्यो । यसपटक भने हावडा र कलकत्ता, दुई शताब्दी पुरानो सहरहरू हुग्ली नदी मुनिबाट जोडिएको रहेछ । भारतको लागि पहिलो ४.८ किलोमिटर मेट्रो जमिन मुनिबाट सञ्चालन आएपछि दुई शताब्दी पुरानो सहरहरू हुग्ली नदी मुनिबाट जोडिएको रहेछन् । भारतको सबैभन्दा गहिरो मेट्रो स्टेशन हावडा (३० मिटर गहिराइ) मा रहेको छ । जमिन मुनिबाट ९.३ किलोमिटर करिडोर सञ्चालनमा रहेको मेट्रोले हाम्रो यात्रा थप रोमान्चक बनिरहेको थियो ।

हुग्ली नदीमा सञ्चालन हुने मिनि पानीजहाज यात्रा गर्न जम्मा ६ रुपैयाँ लाग्दो रहेछ । जम्मा रु २४ तिरेर हामी चार जनाले एक घण्टा पानीजहाज यात्रा तय गरियो । यो यात्राको विषयमा युवराजजीले भिडियो पनि बनाउनु भएको छ । हुग्ली नदीमा पानीजहाज मनोरञ्जनका साथै सवारीको रुपमा पनि प्रयोगमा ल्याइएको रहेछ । हुग्ली नदीको किनारमा रहेका स–साना चोक बजारका बासिन्दाहरु हावडासम्म आवतजावत गर्नलाई पानीजहाजको प्रयोग गरिएको रहेछ ।
दिनभर कलकत्ताको शहर घुमेर बेलुका ८ बजे ओडिशा राज्यको पुरीतर्फ प्रस्थान गरियो । पुरी पूर्वी भारतको ओडिशा राज्यको तटीय तथा धार्मिक शहर हो । हिन्दूहरूको लागि मूल चार धाम तीर्थस्थलहरू मध्ये एक जगन्नाथ मन्दिर पुरीमा छ । पुरातन कालदेखि नै धेरै नामले परिचित पुरीलाई स्थानीय रूपमा ‘श्री क्षेत्र’ र जगन्नाथ मन्दिरलाई ‘बडादेउला’ भनेर चिनिन्छ । हाम्रो यात्राको मिसन गन्तव्य जगन्नाथ मन्दिरको दर्शन थियो । बिहान ७ बजे पुरी रेलवे स्टेशनबाट समुन्द्र तटिय हुदै जगन्नाथ मन्दिर परिसर पुगियो । जगन्नाथ मन्दिर क्षेत्रको करिब २ किलोमिटर आसपास सवारी साधन निषेश गरिएको रहेछ । अत्याधिक भिड हुने भएकाले पनि होला तर मुख्य राजमार्ग तथा यो २ किलोमिटर क्षेत्रमा निशुल्क सवारी साधानको समेत व्यवस्था गरिएको रहेछ । नेपालको सिटि रिक्सा जस्तै अलिक मोटिफाइ गरिएको यो सवारी साधानले निषेध गरिएको ठाउँवाट मन्दिर दर्शन गर्न आएका यात्रुहरुलाई निशुल्क ओसारपसार गर्दो रहेछ ।
भारतको चार धाम तीर्थस्थल मध्ये एक हो, जगन्नाथ मन्दिर । यो मन्दिर हिन्दू धर्ममा विष्णुको एक रूप भगवान जगन्नाथलाई समर्पित हिन्दू मन्दिर हो । मन्दिरको अभिलेख अनुसार, अवन्तिका राजा इन्द्रद्युम्नले पुरीमा जगन्नाथको मुख्य मन्दिर बनाएका रहेछन् । हालको मन्दिर दशौं शताब्दीदेखि कम्पाउन्डमा पूर्व–अवस्थित मन्दिरहरूको साइटमा पुनर्निर्माण गरिएको रहेछ, तर मुख्य जगन्नाथ मन्दिर हो, र पूर्वी गंगा वंशका प्रथम राजा अनन्तवर्मन चोडागंगाद्वारा सुरु गरिएको रहेछ ।

धेरै मन्दिर अनुष्ठानहरू ओडिडियान तन्त्रहरूमा आधारित रहेछन् जुन क्रमशः तान्त्रिक बौद्ध धर्म र आदिवासी विश्वासहरूबाट विकसित भएका महायान तन्त्रहरू र शबरी तन्त्रहरूको परिष्कृत संस्करणहरू हुन् । स्थानीय किंवदन्तीहरूले मूर्तिहरूलाई आदिवासी जनजातिहरूसँग जोड्छन् र दैतपतिहरू (सेवकहरू) आदिवासीहरूको वंशज भएको दाबी गरिएको रहेछ ।
जगन्नाथ मन्दिर वार्षिक रथ यात्रा, वा रथ उत्सवको लागि प्रशिद्ध छ, जसमा तीन प्रमुख देवताहरूलाई विशाल र विस्तृत रूपमा सजाइएको रथहरूलाई तानिन्छ । मन्दिरको मूख्य प्रवेशद्वारमा तीन रथहरू सजाएर राखिएको रहेछ । पूजा भील सबर आदिवासी पुजारीहरू, साथै मन्दिरमा अन्य समुदायका पुजारीहरूद्वारा गरिन्छ । अचम्म भने अधिकांश हिन्दू मन्दिरहरूमा पाइने ढुङ्गा र धातुका प्रतीकहरूको विपरीत जगन्नाथको छवि काठको बनेको छ र प्रतिस्थापन पनि गरिदो रहेछ ।
पुरी पुगेर जगन्नाथ मन्दिर धामको दर्शन गरेपछि समुद्रमा डुबुल्की मार्नु पर्यो । नेपालबाट नजिक रहेको समुन्द्र हो यो बंगालको खाडी । किलोमिटरको हिसावले दिघा नजिक हो । तर दिघा भन्दा अलिक सफा र सुन्दर रहेछ पुरी । पर्यटक पनि धेरै । हामीले बुझे अनुरुप दैनिक १ लाख मानिसले जगन्नाथधाम मन्दिरको दर्शन गर्दा रहेछ । जगन्नाथधाम मन्दिर र समुन्द्र तटिय क्षेत्र जम्मा २ किमिको दुरीमा छ । साझपख त पुरीले पलपलमा मन जित्दो रहेछ । सहरभरिनै एउटै धुन गुन्झन्छ, जसले मनै मोहित पारिदिन्छ । ओडिशाको तीन चौथाई हिमाली शृङख्लाले ओगटेको रहेछ । रेलको यात्रा गर्दा नेपालको चुरे भनेजस्तै पहाडहरु देख्न पाइने रहेछ । पूर्वी भागमा समुन्द्र अनि पश्चिमी भु–भागमा पहाडका थुम्काहरु साथै हरियाली ओडिशा राज्यको बिशेषता रहेछ ।