मेचीनगर : दुई दिनमा उठ्यो पार्किङ शुल्क वापत ८० हजारबढी रकम


मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम संकलन गरेको छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम सकलन गरेको हो ।

नगरपालिकाले लामो दुरीका बस, छोटो दुरीका बस, रिक्सा, टेम्पो र म्याजिक गाडीहरुबाट पार्किङको शुल्क वापत २ दिनमा ८० हजार भन्दा बढी रकम सकलन गरिएको राजश्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले जानकारी दिए ।

गत बर्ष ८४ लाखमा पार्किङ शुल्कको ठेक्का लागेकोमा यसपालि भने १ करोड २६ लाखमा लागेको थियो तर फेरि घटाएर नगरपालिकाले ९५ लाख रुपैयामा ठेक्का खुलाएको राजश्व उपशाखाका प्रमुख पराजुलीले बताए । उनले पहिला भन्दा करको दर पनि बढाएको हुनाले केहि रकम थप गरिएको उनले जानकारी दिए । नगरले लामो दुरीका साधनबाट १२० रुपैया, छोटा दुरीका साधनबाट ८० रूपैया, हाइस गाडीबाट ५०, म्याजिक गाडिबाट २५ रूपैया र सिटी रिक्साबाट २० रुपैया सकलन गरेको थियो ।

नगरपालिकाले साउन ८ गते सम्मका लागि ठेक्का आवाहन गरेको छ । ठेक्का नलाग्दा सम्मका लागि हामी आफैले पार्किङको शुल्क सकलन गर्नु पर्ने भएको हुनाले २ दिनमा ८० हजार रुपैया सकलन गरेको उनले बताए । अहिले गाडीको चाप पनि कम हुने समय भएको हुनाले अव केहि दिन पछि चाप पनि बढ्ने हुनाले राजश्व पनि केहि बढ्ने उनले जानकारी दिए । राजश्व उपशाखाका प्रमुख पराजुलीले नगरपालिकाले सवारी साधन पार्किङको राम्रो व्यवस्थापन गर्न सकेको खण्डमा राम्रो आम्दानी हुने उनले बताए ।