खबरमञ्च साप्ताहिक नौ वर्षमा प्रवेश
इटाभट्टा । मेचीनगर–७, इटाभट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक नौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको आठ बसन्त पार गरी नौ वर्षमा प्रवेश गरेको हो ।
२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको थियो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो ।
खबरमञ्च साप्ताहिकले सहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई बिशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिएको प्रकाशक प्रकाश पौडेलले जनकारी दिए । ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर जिल्लामा धेरै दैनिक र साप्ताहिक पत्रिकको भीडबाट ८ वर्ष अघि प्रकाशन सुरु भएको यो पत्रिकाले ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर आवाज विहीनहरुको आवाज बन्दै आएको प्रकाशक पौडेलले जनकारी दिए ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


