काँकरभिट्टाबाट खैरो हेरोइनसहित बिर्जेस सुनुवार पक्राउ
मेचीनगर । प्रहरीले झापाको काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल आउँदै गरेका दमक ४ का २७ वर्षीय बिर्जेस सुनुवारमाथि शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तलासी लिएको थियो ।
सुनुवारको शरीर तलासी लिँदा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र लागुऔषध खैरो हेरोइन लिसाइलो पदार्थ भेटिएको थियो ।
उनको साथबाट २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...



