मेचीनगर : संघीय सरकारले छुट्यायो विभिन्न शीर्षकमा करोडौं बजेट
मेचीनगर । मेचीनगर नगरपालिकालाई नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारबाट करोडौंको बजेट विनियोजन भएको छ । मेचीनगर नगरपालिकाको माग निवेदन प्रस्ताव, सभामुख देवराज घिमिरेको संयोजन र संघीय सांसद विश्वप्रकाश शर्माको सहयोगमा बजेट विनियोजन भएको हो ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सचिवालयका अनुसार शहरी विकास लगायत विभिन्न मन्त्रालयको योजनाबाट विविध शीर्षकमा गरी करोडौंको बजेट विनियोजन भएको छ ।
नगरप्रमुखका स्वकीय सचिव आशिष पौडेलका अनुसार मेची कोरिडोर कालोपत्र निर्माणको ९४ वटा शीर्षकमा ४ करोड १० लाख, मेचीनगर–३ खम्बुटार जाने सडक स्तरोन्नतिमा ५० लाख, तेलिबारी–मैनालीबारी सडक वडा नं. १४ (साविक दुवागडी गाविस) बाट राजमार्ग जोड्ने सडक स्तरोन्नति गर्न ५० लाख, सुवर्ण मार्ग मेनपा ५, ६, ८ हुँदै काँकरभिट्टा जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख छुट्टिएको हो ।
त्यस्तै, वडा नं।१ मा निर्माणाधिन मदन भण्डारी राजमार्गको पूर्वी भाग पाटापुरमा बसपार्क निर्माण गर्न ५० लाख, वडा नं. १० स्थित धुलाबारी सब्जी बजार ९मासु बजार सटल व्यवस्थापन गर्न १ करोड, एकीकृत शहरी पूर्वाधार विकास कार्यका लागि १ करोड, मेचीमार्ग–सिग्देल गाउँ ९चारआली बाङगे पुलसहित मार्गका लागि १ करोड छुट्याइएको छ ।
उनका अनुसार वडा नं १२ को भद्रकाली चोकबाट नयाँ बस्ती हुँदै काली झोडा जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड, मेचीनगर–७ सतिघट्टा बीओपीदेखि पुरानो माइतीघर र वडा नं. ७ वडा कार्यालय पूर्व–पश्चिमराजमार्ग उत्तर लक्ष्मीनारायण मन्दिर र वडा नं.६ सुनगाभा मार्गबाट पश्चिम मोहन कटुवालको घर हुँदै कालीखोलातर्फ जाने बाटो स्तरोन्नतिमा ५० लाख, वडा नं.२ भृकुटी उत्तर हात्तीगौंडा निरगञ्जा निन्दा खोला झोलुंगे पुलको डीपीआर तयार गर्न बजेट विनियोजन गरिएको छ ।
यसैगरी, बडाखाल–बडागाउँ निन्दा खोलामा झोलुंगे पुलको डीपीआर तयार गर्न, शान्ति समाज सामुदायिक भवन निर्माणका लागि २५ लाख, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत वडा नं. ५ को राइसीङ खोला दोभान, नदी तथा खोला स्थिरिकरण र व्यवस्थापनतर्फ स्पर, डाइक, बायो इन्जिनियरिङ०का लागि २४ लाख, वडा नं. ३ मा हरित पेटिका निर्माण गर्न ५ लाख, वडा नं. ३ नदी तथा खोला स्थिरिकरण र व्यवस्थापनतर्फ (स्पर, डाइक, बायो इन्जिनियरिङ) का लागि बजेट विन्यास भएको हो ।
यस्तै, मेची नदी, सुकेनिन्दा खोलाका लागि २४ लाख, वडा नं.३ मा सिंचाई तथा कुलो निर्माण तथा मर्मत गर्न, बिरुवा उत्पादन (बाँस, अम्रिसो, अलैंची लगायत), मेची नदी प्रणाली अन्तर्गत ५ लाख, नर्सरी निर्माण तथा व्यवस्थापन गर्न १० लाख, बाँस, अम्रिसो तथा अन्य बिरुवा रोप्न (मेची नदी प्रणाली अन्तर्गत) १० लाख, संरक्षण पोखरी निर्माण (मेची नदी प्रणाली अन्तर्गत) १५ लाख बजेट छुट्टिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
त्यसैगरी, क्रमागततर्फ लालपानी झोलुंगे पुल क्रमागत योजना, निन्दा खोला झोलुंगे पुल क्रमागत योजना, वडा नं. ११ को वडा कार्यालयबाट कालिका सिमसारसम्म हडिया खोला झोलुंगे पुल क्रमागत योजना, वडा नं. ३ को स्याङ्लेङटारबाट तेलीबारी जोड्ने तेलपानी खोलामा झोलुंगे पुल क्रमागत योजना, र मेचीनगर–१३ मा बांगे पुल निर्माण क्रमागत योजनातर्फ ८५ लाख बजेट छुट्याइएको बताइएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
