मेचीनगर : वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण
मेचीनगर । मेचीनगरमा वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रम मंगलबारदेखि सञ्चालन भएको छ । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय न्यायिक समितिको आयोजनामा मेची उद्योग वाणिज्य संघको सभा हलमा बुधबारसम्म सञ्चालन हुने दुई दिवशीय वडास्तरीय मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा आयोजित मेलमिलाप सहजकर्ता पुनरताजगी प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक संगिता थापा, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले सहभागीहरूलाई प्रशिक्षण दिइएका थिए ।
स्थानीय स्तरको न्यायिक सम्पादनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको मेचीनगरले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन बुधबार कानुनबिद्हरूद्वारा सहभागीलाई प्रशिक्षण गराइने आयोजकले जनाएको छ ।
मेचीनगर न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेले स्वागत गरेको कार्यक्रम सञ्चालन अर्का सदस्य कुन्दन निरौलाले गरेका थिए ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


