रोट्राक्ट क्लब अफ काँकरभिट्टा : ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान

काँकरभिट्टा । रोट्राक्ट क्लब अफ काँकरभिट्टाले ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टालाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको छ ।
शनिबार एक कार्यक्रमको बीच ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायब निरीक्षक मनमोहन पौडेललाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको हो ।
बोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै रोट्राक्ट क्लब अफ काँकरभिट्टाका अध्यक्ष सौभाग्य थापाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले गर्ने चेकिङ्गलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सडक सुरक्षा उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक चेकिङ्ग बोर्ड प्रदान गरिएको बताए ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी पोष्टका इन्चार्ज मनमोहन पौडेलले क्लबले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने उनको भनाइ छ । आगामी दिनमा पनि रोट्रक्ट काँकरभिट्टासँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न आतुर रहेको बताए ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...