मतदान केन्द्र थप गर्न पूर्व गाविस अध्यक्ष घिमिरेको माग

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा मतदान केन्द्र थप गर्न माग गरिएको छ । काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष तथा सामाजिक ब्याक्तित्व डिल्लीराम घिमिरेले मतदान केन्द्र थप गर्न निर्वाचन समितिसँग माग गरेका हुन् ।
घिमिरेले बुधबार बिज्ञप्ती जारी गर्दै ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै मतदान केन्द्र थप गर्नु पर्ने माग गरेका हुन् । बिज्ञप्तीमा भनिएको छ, जेठ महिनाको चर्काे घाममा ज्येष्ठ नागरिकलाई लामो समय उभ्याएर राख्दा उनीहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने छ । तसर्थ ठूलो भूगोल र आठ हजार बढी मतदाता रहेकोले कम्तिमा तीन ठाउँमा मतदान केन्द्र तोक्न उनले निर्वाचन समितिलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
घिमिरेले बुधबार नै निर्वाचन समितिलाई ज्ञापन पत्र बुझाएको बताए ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...