स्व जंग बहादूर थापा स्मृति टेबल टेनिस प्रतियोगिता सम्पन्न
धुलावारी । हिमालयन अंग्रेजी माध्यमिक विद्यालय क मेचीनगर– ९, धुलावारीमा नक–आउट टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
हिमालयन अंग्रेजी माध्यमिक विद्यालयको प्रायोजन तथा जेनियम युवा क्लबको आयोजनामा स्व. जंग बहादू थापा स्मृति नक–आउट टेबल टेनिस प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

मेचीनगरका ५२ प्रतियोगी सहभागी भएको उक्त प्रतियोगितामा नमन श्रेष्ठ विजेता वनेका छन् । उपविजेता अमन भुकानिया बन्न सफल भएका छन् । बिजेतालाई नगद रु १० हजार ट्रफी तथा मेडल तथा उपविजेतालाई नगद रु ५ हजार ट्रफी तथा मेडल प्रदान गरिएको छ । स्व. जंग बहादुर थापाका ज्येष्ठ सुपुत्र मणिराज थापा विद्यालयका निर्देशक धनराज थापा तथा प्रध्यानाध्यापक कमल नेपालले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
नेपाल कराते महासंपका केन्द्रिय सदस्य मिलनराज प्रसाई प्रमुख अतिथ्यता तथा जेनियम युवा क्लवका कार्यवाहक अध्यक्ष लक्ष्मण मानियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सञ्चालन हिमालयन अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा प्रियंका महराईले गरेकी थिइन् ।

धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

