मेचीनगर : सामुदायिक कुकुर नियन्त्रणका लागी बन्ध्याकरण अभियान
इटाभट्टा । झापाको मेचीनगरले सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ । सामुदायिक कुकुरहरु नियन्त्रणका लागी मेचीनगर नगरपालिकाले बन्ध्याकरण अभियान सञ्चालन गर्न लागेको हो ।
मेचीनगर नगरपालिकाले यही फागुन १२, १३ र १४ गते मेचीनगर क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान ७ बजे देखि बेलुकी ४ बजे सम्म सञ्चालन हुनेछ ।
नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा हुन लागेको बन्ध्याकरण अभियानमा सामुदायिक कुकुरको बारेमा सूचना दिइ वा बन्ध्याकरण स्थलमा पठाइ सहयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
