त्रिदेव क्याम्पस : जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुने
मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आगामी फागुन २० गतेबाट झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुने भएको हो ।
विद्यार्थीहरुको क्षमता अभिवद्धि गर्नुका साथै आन्तरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष आशिष पौडेलले जानकारी दिए ।
उक्त प्रतियोगिताको विजेताले नगद ३० हजारसहित प्रमाण पत्र, ट्रफी र मेडल पाउने छ भने उपविजेतालाई २० हजार नगदसहित प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरिने स्ववियु त्रिदेव अध्यक्ष अर्जुन गौतमले जानकारी दिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...