त्रिदेव क्याम्पस : जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुने
मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आगामी फागुन २० गतेबाट झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुने भएको हो ।
विद्यार्थीहरुको क्षमता अभिवद्धि गर्नुका साथै आन्तरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष आशिष पौडेलले जानकारी दिए ।
उक्त प्रतियोगिताको विजेताले नगद ३० हजारसहित प्रमाण पत्र, ट्रफी र मेडल पाउने छ भने उपविजेतालाई २० हजार नगदसहित प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरिने स्ववियु त्रिदेव अध्यक्ष अर्जुन गौतमले जानकारी दिए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

