चारआली सांस्कृतिक महोत्सव सुरु

चारआली । मेचीनगर-१३ चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएकाे छ । आजबाट चारआली सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएकाे हाे ।
आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर-१३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर महोत्सव सञ्चालनमा ल्याएका हुन् । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगाईंले महोत्सवको उद्घाटन गरिन् ।
बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागिता रहने महोत्सवअन्तर्गत माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सव हुने गुम्बाका सचिव सोनमसिंह तामाङले बताए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै जातीय पहिरन प्रदर्शन गर्दै स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्य लिइएको सहआयोजक चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले बताए ।
गुम्बाका अध्यक्ष फुर्वा लामाले चारआलीमा १२ वर्षपछि राष्ट्रियस्तरको महोत्सव हुन लागेको जानकारी दिए । अध्यक्ष लामाका अनुसार महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन् । भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा महोत्सवमा आउने छिन् । ्
त्यस्तै, नेपालका चर्चित गायकहरु सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर लगायतले महोत्सवमा सांगीतिक प्रस्तुति दिने छन् ।
टासी फुन छोग् छोई खोरलिङ्ग गुब्वा चारआलीका अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले संयोजन गरेका थिए ।
मेला आयोजनाको उद्देश्य प्रस्ट पार्दै आयोजक समितिका सचिव सोनामसिंह तामाङले गुम्बाको स्तरोन्नति र जेसिज भवन निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उद्घाटन कार्यक्रमको सञ्चालन चारआली जेसिजका कार्यकारी उपाध्यक्ष विवेक सुन्दासले गरेका थिए ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...