भन्सार दिवसमा वक्तृत्व प्रतियोगिता : कोइराला, नेपाल र निरौला उत्कृष्ट
काँकरभिट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृत्व प्रतियोगितामा सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइरालाले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा बाल सुबोधिनि माविका रमेश नेपाल द्वित्तीय एवम् कविशिरोमणी माविकी उषा निरौलाले तृतीय स्थान गरे । प्रथम, द्वित्तीय र तृतीय भएका विद्यार्थीले जनही क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पुरस्कार शुक्रवार हुने भन्सार दिवस समापन समारोहमा वितरण गरिने छ । प्रतियोगिताको निर्णायकमा प्राध्यापक एवं बाल जागरण मञ्च झापाका अध्यक्ष मणिकुमार लिम्बू र प्राध्यापक तथा सञ्चारकर्मी स्वस्तिका आचार्य सिटौला रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले राजस्व संकलन प्रभावित भए राज्यलाई असर गर्र्छ भन्ने चेत विद्यार्थीमा भरिनु सकारात्मक सन्देश भएको बताए ।

मेची भन्सार कार्यालयले बुधवार काँकरभिट्टामा आयोजना गरेको “राजस्व संकलनमा भन्सार” विषयक वक्तृत्वकला प्रतियोगितामा उनले यस्तो बताएका हुन् । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशलाई लक्षित गरी आयोजित कार्यक्रममा उपसचिव भण्डारीले भने, ‘राजस्व देश विकासको मेरुदण्ड हो भन्ने अभिव्यक्ति विद्यार्थीबाट अभिव्यक्त हुनु सुखद पक्ष हो ।’
प्रतियोगितामा हिमालयन अङग्रेजी माविका प्रिन्सिपल जगत तामाङले कर्मचारीलाई गाली गरेर, नेताको भाषण सुनेर मात्रै उपलब्धि हासिल नहुने विचार प्रतियोगीबाट प्रकट भएको बताए । कार्यक्रमका सभापति एवं आयोजक भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले दिवशको उपलक्ष्यमा विद्यालयमा भन्सारबारे सचेतना अभिवृद्धि गर्न गरिएको अन्तक्र्रिया उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारती, ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि मेचीनगरका प्रमुख राजेश तिवारी, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, भन्सार कार्यालयका कर्मचारीलगायतको आतिथ्यता थियो ।
प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी १५ वटा विद्यालयबाट प्रतियोगीसहित प्रतिनिधिमूलकरुपमा शिक्षकहरुको उपस्थिति थियो । मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा प्रेस क्लव मेचीनगरका उपाध्यक्ष जीआर धितालले गरेका थिए । कार्यक्रमलाई ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिले सहआयोजना एवम् मेची सामुदायिक सेवा केन्द्रले समन्वय गरेका थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
