प्याब्सन मेचीनगर : राष्ट्रिय नृत्यमा बालबाटिका स्कुल सर्बोत्कृष्ट

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा बालबाटिका इङ्लिस सेकेन्डरी स्कुल मेचीनगर–१३ सर्बोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
मेचीनगर–४ बाहुनडाँगीको सामुदायिक हलमा सम्पन्न साँस्कृतिक कार्यक्रममा कक्षा ८ सम्मको राष्ट्रियतर्फको नृत्यमा बालबाटिका इङ्लिस सेकेन्डरी स्कुल मेचीनगर–१३ सर्बोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
राष्ट्रियतर्फको नृत्यम सर्वोत्कृष्ट स्थान हासिल गरे सँगै यो विद्यालय आज र भोली दमकमा हुने जिल्ला स्तरीय कार्यक्रममा सहभागि हुने छ ।
‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...