एमाले अध्यक्ष ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ
मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले स्वागत द्वार निर्माण गरेको छ ।
एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि मध्यपहाडी संकल्प यात्राको समापन मंसिर ३० गते पाँचथरमा हुँदैछ ।

सोही कार्यक्रमका लागि एमाले निकट लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले ईलाम रोड चारआली स्थित मेची राजमार्गमा भव्य स्वागत द्वार निर्माण गरिएको लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटी अध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।
उनका अनुसार समापन कार्यक्रम सफल पार्न झापाबाट अध्यक्ष सन्तोष मेचेसहित उपाध्यक्ष महेशलाल मेचे, सचिव अमर मेचेलगायतको टिम चिवाभञ्ज्याङ जाने बताए ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
