हातेमालो सामुदायिक वन : अधिकृतदेखि पूर्व कर्मचारी सम्मानित
मेचीनगर । हातेमालो सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएकोे छ । सामुदायिक वनको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गमलाको विरुवामा पानी हालेर गरेकी थिइन् ।
कार्यक्रमको अवसरमा सामुदायिक वनले अअवकाश प्राप्त कर्मचारी, उत्कृष्ट टोल संयोजक, वन कार्यालयका अधिकृत तथा वन क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा अवकास प्राप्त कर्मचारी गोपाल रिजाल, टोल समितिका संयोजक टोक प्रसाद दुलाल, डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठक र जिल्ला वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि तथा अथितिहरुले सम्मान पत्र सहित खादा र टिका लगाएर सम्मान गरेका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि बजगाईँले नीति निर्माणसँगै आफ्नो क्षेत्रको विकास अभियानमा हातेमालो गरिरहेको बताइन् । मलाई विश्वास गरेर मत दिनु भएको छ ।, सांसद बजगाईँले भनिन् , ‘तपाइहरुको मतलाई खेर जान नदिनेगरी आगामी चार वर्षमा विकासको अनुभूति दिलाउने छु ।’ यस पटक अध्यादेशबाट बजेट आएकोले ठूलो रकम विकास अभियानमा ल्याउन नसकेको स्वीकार गरेकी उनले हातेमालो सामुदायिक वनमा पर्यटन प्रवद्र्धनको लागि २५ लाख विनियोजन गरेको बताइन् ।
सो अवसरमा राप्रपा मेचीनगर १३ का वडाध्यक्ष, नेकपा एमाले मेचीनगर –१३ का वडाध्यक्ष भोजराज पराजुली, मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य रिता परियार, सल्लाकार समितिका सदस्य सन्तोष न्यौपाने, सिमसार निर्माण समितिका संयोजक शरद शिवाकोटी, सिमसार उपसमिति सह संयोजक पर्शुराम सिंह राजवंशी, सामुदायिक वनका पूर्व अध्यक्ष, सम्मानित व्यक्तित्व जीवन प्रसाद पाठक लगायतले सामुदायिक वन र सिमसार क्षेत्रको विकास र प्रवद्र्धनका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए ।
सामुदायिक वनका अध्यक्ष चन्द्र प्रसाद सिक्देलको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष सिक्देलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने कोषाध्यक्ष कुशुम कटुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष राधिका सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव यामकान्त प्याकुरेलले गरेका थिए ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

