धाईजनमोडका छोरीबुहारीले जागृत बाललाई गरे सहयोग

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा रहेको जागृत बाल उद्धार केन्द्रलाई खाध्य सामाग्री सहयोग गरेका छन् । दिपावलीमा सो समूहले भैलो खेलेर संकलन गरेको २० हजार रुपैयाँ बराबरको खाध्य सामाग्री शनिबार केन्द्रमै आएर हस्तान्तरण गरिएको समूहकी अध्यक्ष पुजा भेटवाल (खरेल) ले बताइन् ।
आफ्नो समूहले यस पटक भैलोमा संकलन गरेको नगद २० हजारको खाध्य सामाग्री केन्द्रलाई सहयोग गरेको र आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक र मानवीय सेवामा सहयोग गर्ने उनले बताइन् ।
केन्द्रमा आयोजित संक्षिप्त कार्यक्रममा खाध्य सामाग्री सो केन्द्रका प्रतिनिधिका रुपमा विकास देवकोटाले बुझेका थिए । झापाको धाईजनमोडमा रहेका छोरीबुहारीहरुले सामाजिक क्षेत्रमा कृयाशिल रहनका लागि धाईजनमोड छोरीबुहारी समूह गठन गरेको अध्यक्ष खरेलले बताइन् ।

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...

काँकरभिट्टा । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको...