धाईजनमोडका छोरीबुहारीले जागृत बाललाई गरे सहयोग
मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा रहेको जागृत बाल उद्धार केन्द्रलाई खाध्य सामाग्री सहयोग गरेका छन् । दिपावलीमा सो समूहले भैलो खेलेर संकलन गरेको २० हजार रुपैयाँ बराबरको खाध्य सामाग्री शनिबार केन्द्रमै आएर हस्तान्तरण गरिएको समूहकी अध्यक्ष पुजा भेटवाल (खरेल) ले बताइन् ।

आफ्नो समूहले यस पटक भैलोमा संकलन गरेको नगद २० हजारको खाध्य सामाग्री केन्द्रलाई सहयोग गरेको र आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक र मानवीय सेवामा सहयोग गर्ने उनले बताइन् ।
केन्द्रमा आयोजित संक्षिप्त कार्यक्रममा खाध्य सामाग्री सो केन्द्रका प्रतिनिधिका रुपमा विकास देवकोटाले बुझेका थिए । झापाको धाईजनमोडमा रहेका छोरीबुहारीहरुले सामाजिक क्षेत्रमा कृयाशिल रहनका लागि धाईजनमोड छोरीबुहारी समूह गठन गरेको अध्यक्ष खरेलले बताइन् ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

