न्यूटन्सको सप्ताहब्यापी खेलकुद कार्यक्रम
झापा । न्यूटन्स् एजुकेशन एकाडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड-५ मा रहेको सो बिद्यालयले शैक्षिकसत्र २०८० को बार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको कार्यक्रम अनुसार विभिन्न बिधाका खेलकुद गराईएको बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।
सप्ताहब्यापी रुपमा संचालन भएको खेलकुदको आज एक बिशेष कार्यक्रम गर्दै समापन गरिएको हो । कक्षा नर्सरी देखि ९ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । फुटबल ,रिले दौड ,टि(टि ,चेस ,ब्याडमिन्टन लगायतका २० विधामा खेल प्रतियोगिता गरिएको बताईएको छ ।
समापन कार्यक्रममा बिर्तामोड नगर खेलकुद समिति सदस्य सचिब बिसन लिम्बुको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल,बास्केटबल प्रशिक्षक प्रकाश लिङ्देन ,बिद्यालय ब्यबस्थापन समिति सदस्य गोपि कृष्ण प्रसाईं,मन्जु राई,अभिभावक इकाई संघ अध्यक्ष नरेश भट्टराई ,उपाध्यक्ष गौरी भण्डारी ,लब चौधरी लगायतको उपस्तिथि रहेको थियो ।
बिर्तामोड वडा नम्बर ६ मा रहेको एभरेष्ट स्मार्ट स्कुलको खेलमैदानमा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक हुमागाईले स्वागत गरेका थिए भने संचालन शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...