बिर्तामोडमा खुल्यो ब्रोेस्टेड चिकेनका लागि होटल नेपाली स्वाद
बिर्तामोड । ब्रोस्टेड चिकेनका पारखीहरुलाई लक्षित गरी ३० भन्दा बढी कुखुराका परिकारसहित बिर्तामोडमा होटल नेपाली स्वाद संचालनमा आएको छ । बिर्तामोडको अधुवा पुल पश्चिम राजमार्गको उत्तरपट्टी झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललगायतले होटल नेपाली स्वाद सोमवारदेखि संचालनमा ल्याएका हुन् ।
के.एफ.सीको स्वाद दिनेगरी आफूहरुको होटलमा रु १५० देखि ३ हजार ६ सयसम्मको ब्रोस्टेड चिकेन उपलब्ध रहेको संचालक ढकालले बताए । उनले ब्रोस्टेड चिकेनसंगै ३० भन्दा बढी चिकेनका विभिन्न परिकारहरु पनि उपलब्ध रहेको जानकारी दिए । साथै खाजाका आइटमहरु बर्गर, साँधेको, सुप, बिर्यानी, फ्राइराइस, पिजा, चिया र कफी जस्ता परिकारहरु पनि पाइने संचालकको ढकालको भनाई छ ।

ग्राहकको रोजाइ अनुसार स्वादिष्ट परिकार बनाउनका लागि करिव २० वर्षदेखि अनुभवी सर्टिफाइड कुक ल्याएको अर्का संचालक सी.एन. दुलालले बताए । उनले अहिले फोनबाट अर्डर लिने व्यवस्था गरिएको बताउँदै केही दिनपछि अनलाइन डेलिभरी गरिने जानकारी दिए । करिव २० लाख रुपैयाँको लागतमा सो होटल संचालनमा ल्याएको संचालकहरुले बताएका छन् । उद्घाटन र दशैको अवसरमा छुटको समेत व्यवस्था गरिएको उनीहरुको भनाई छ ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

