एनएमसीका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक परेको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनका ८२ वर्षीय बुबा टीकाप्रसाद शिवाकोटीको बिर्तामोड स्थित कनकाई अस्पतालमा निधन भएको हो ।
उपचारकै क्रममा राति १०ः३० वजे अस्पतालमा निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार ४ दिनअघि बुबालाई ज्वरो आएको थियो । हिजो राति ९ वजे अलिक सारो भएको महशुस गरेपछि कनकाई अस्पताल लगिएको थियो । ज्वरो आइरहेको थियो । युरिन इन्फेक्सनको समस्या थियो । प्रेसर पनि डाउन भएपछि राति साढे १० वजे निधन भएको परिवारको भनाई छ ।
स्व.टीकाप्रसादका दुई श्रीमति मध्ये मनमायाको यसअघि नै निधन भइसकेको छ । अर्की श्रीमति नरमाया, ४ जना छोरावुहारीहरुमा यज्ञ–भगवती, ठाकुर–हेमा, रामजी–सरस्वती र जीवन–जुना शिवाकोटी छन् ।
त्यस्तै ३ जना छोरीज्वाईहरुमा जानुका–विष्णु चापागाई, लक्ष्मी–दुर्गा संग्रौला र अविवाहित छोरी मेनुका शिवाकोटी छन् । ठाकुर शिवाकोटी एनएमसीका अध्यक्ष हुन् भने विभिन्न सामाजिक संघ–संस्थामा आवद्व छन् ।
स्व.टीकाप्रसादको पार्थिव शरिरलाई आज (विहीबार) विहान ८ः३० वजे स्थानीय मेची नदीमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
