अरनिको बिद्यालय : बिद्यार्थीले मतदानबाट छाने क्याप्टेन

मेचीनगर । संसदीय निर्वाचनको झल्को दिने गरि मेचीनगर-७ अरनिको माध्यमिक बिद्यालयले बिद्यालय क्याप्टेन चयन गरिएको छ । निर्वाचन प्रक्रियाबाट शुक्रवार विद्यार्थीले आफ्नो मत दिई बिद्यालय तथा सदन क्याप्टेन छनौट गरेका हुन् । निर्वाचन मार्फत बिद्यालय क्याप्टेनमा कक्षा १० का बिद्यार्थी बिजय तामाङ, भाईस क्याप्टेन बिश्वास कार्की निर्वाचिन भएका छन् ।
यस्तै सदन अन्तरगत पहेलोमा चन्द्रकला बस्नेत ,हरियो निर्जला दाहाल ,रातो रिया यादब ,निलो अनुस्का गौतम चयन भएका बिद्यालयका प्रधानाध्यापक बिशाल भट्टराईले जानकारी दिए । निर्वाचन कार्यक्रमबाट बालबालिका लाई नेतृत्व बिकासमा सघाउ पुर्याउने उदेश्यले कार्यक्रम गरिएको निर्वाचन समितिका संयोजक लोकेन्द्र थपलियाले जानकारी दिए ।
कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल, मेचीनगर संचार प्रतिष्ठानका सचिब प्रकाश पौडेल,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निर्मल खिसिना अधिकारीलेबिजयी उम्मेद्बारलाई शुभकामना दिएका थिए । २ सय जना मतदाता रहेको बिद्यालयमा १ सय ८० मत खसेकोमा १ मत बदर भएको भएको निर्वाचन संयोजक थपलियाले बताए ।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...