व्यापार तथा पर्यटन प्रवर्द्धन गर्न अन्तराष्ट्रियस्तरको र्याली काँकडभिट्टामा
काँकडभिट्टा । भारत, भूटान, नेपाल र बंलादेश बीच व्यापार, पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भारत स्थित नर्थ ईष्ट फेडेरेसन अन इण्टर नेशनल ट्रेडले कार र्याली सुरु गरेको छ ।
फेडेरेसनले नेपाल, भारत, भूटान तथा बंलादेश (वि.वि.आई.एन )बीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै पर्यटन तथा व्यापार प्रवद्र्धनको लागि अभियान सुरु गरेको जनाएको छ । २४ सेप्टेम्बरबाट सुरु भएको कार र्याली भूटान पुगेर आज नेपालको पूवी नाका काँकरभिट्टा हुँदै काठमाडौंको लागि प्रस्तान गरेको छ ।
आइबार बिहान करिव ११ बजे काँकरभिट्टा अध्यागमन कार्यालयमा आइपुगेको टोलीलाई नेपाल भारत उद्योग वाण्ज्यि संघको संयोजनामा होटल व्यवसायी संघ, यातायात व्यवसायी ,मेची भन्सार एजेन्ट संघ, नाटा, देवकोटा पार्क व्यवस्थापन समिति लगायत बिभिन्न संघ संस्थाहरुले स्वागत तथा विदाई गरे । कार्यक्रमको सहजीकरण इण्डो नेपाल ट्रान्सपोर्ट फेडरेशन नेपालका अध्यक्ष बसन्त तिवारी (बुद्ध)ले गरेका थिए । सो अवसरमा इण्डो नेपाल चेम्बर अफ कमर्सका कोशी प्रदेश अध्यक्ष अविनाश बोहोराले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए । उनले कार र्याली अर्थ पूर्ण र सार्थक हुने बताए । चार देशीय व्यापार तथा पर्यटन् प्रवद्धनको विषयमा अक्टोबार ३ तारिक काठमाठौंमा बृहत सम्मेलन हुने र नेपाल भारत उद्योग वाणिज्य संघ र नर्थ ईष्ट फेडेरेशनबीच सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको इण्डो नेपालका अध्यक्ष तिवारीले जानकारी दिए ।
स्वागत तथा विदाई कार्यक्रममा सहभागिका तर्फबाट पूर्वी मेची बस व्यवसायी प्रा.लीका अध्यक्ष विष्णु कुमार श्रेष्ठले भारतको हेपाह प्रवृतिले पूर्वी नाका पूर्ण रुपमा सञ्चालन नहुँदा बिभिन्न मुलुकबाट पर्यटकहरु नेपाल आउन समस्या भएको अवगत गराएका थिए । उनले भारतले बंलादेशबाट आउने पर्यटकहरुलाई नेपाल प्रवेशमा रोक लगाएको तथा अन्यदेशका पर्यटकलाई समेत इमिगे्रशनमा झन्जट दिने गरेकोले पूर्वी नाकाबाट पर्यटकहरु नेपाल भित्रिन समस्या भइरहेको बताए । नाकालाई पूर्णरुपमा सञ्चालन गर्न तथा पर्यटकहरुलाई नेपाल भित्र्यिाउने वातावरण बनाउन सम्मेलनमा गम्भीर छलफल गरिदिन उनले आग्रह समेत गरेका थिए । सहभागिहरुले विभिन्न संघ संस्थाको तर्फबाट संयूक्त रुपमा पूर्वी नाकाको समस्या समेटेर ध्यानकर्षण पत्र समेत टोलीलाई पठाएका छन् । पत्र बुझ्दै टोलीका संयोजक ले पूर्वी नाकाको विषयमा सम्मेलनका गम्भीर रुपमा आवाज उठाउने आश्वासन दिएको थिए ।
कार्यक्रममा पूर्व नेपाल यातायात व्यवसायी प्रालीका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, नाटाका सजित तामाङ, देवकोटा पार्कका अध्यक्ष गणेश खरेल , होटल व्यवसायी संघका रामबहादुर तामाङ र धृव गिरीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पूर्वी नेपाल यातायात कार्यालयका कार्यालय प्रमुख गोपाल शिवाकोटीले गरेका थिए । कार र्यालीमा १५ जान सहभागि छन् । सम्मेलन पछि टोली बंलादेश हुँदै पुनः भारत जाने जनाइएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
