साना किसान बाहुनडाँगीको वार्षिक साधारण सभामा सम्मान
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार (आज) सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । ‘खराब खानपानले स्वास्थ्यलाई हानी गरिरहेको छ’ उनले भने – ‘बजारमा पाउने प्लाष्टिकजन्य खानेकुरालाई प्रतिवन्ध लाउनुपर्छ ।’ संस्थाले कृषिमा अझ धेरै लगानी गर्नुपर्ने र त्यसमा स्थानीय सरकार समेत हातेमालो गर्न तयार रहेको वडा अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय बिर्तामोडका शाखा प्रबन्धक सुभाष गौतम, व्यवसाय प्रवद्र्धन अधिकृत तीर्थराज ओझा, पानस कृषि सहकारी संस्था लि.का अध्यक्ष महेन्द्रराज मल्ललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष पुण्डेप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट ऋणीतर्फ समूह नं. ६३ की गीता लुइँटेल, उत्कृष्ट बचतकर्तातर्फ समूह नं. २२७ की मिना ओझा, उत्कृष्ट अन्तर समूहतर्फ समूह ४ ‘क’ र उत्कृष्ट समूहतर्फ समूह नं. १३२ लाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी, संस्थाले एसईईमा उत्कृष्ट अंक ल्याउने रिस्ता नेपाललाई २ हजार १ सय तथा +२ मा उत्कृष्ट अंक ल्याउने अनुष्का शिवाकोटीलाई ३ हजार १ सय नगदसहित पुरस्कृत गरेको छ । बृद्ध–वृद्धा सम्मानतर्फ समूह नं.१०४ की सदस्य लिला घिमिरे, समूह नं. ४९ की सदस्य दिलमाया प्रधान, समूह नं. १११ का सदस्य रामप्रसाद पौडेल, समूह नं. १०९ का सदस्य गोकुल पधान, समूह नं. ५० का सदस्य जीवनाथ पौडेललाई सम्मान गरिएको थियो ।
संस्थाको शेयरपुँजी १ करोड ७२ लाख ९१ हजार छ भने संस्थाको कुल पूँजी १४ करोड ६७ लाख २७ हजार ७ सय ३ रुपैयाँ रहेको सहकारीका मुख्य प्रबन्धक पोषककुमार दर्जीले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा २८ लाख ४३ हजार ५ सय ४ मुनाफा गरेको छ । संस्थाले विभिन्न समयमा कृषकहरुलाई अग्र्यानिक खेती, सदस्य शिक्षा तथा समूह परिचालन, सीप तथा आयुमुलक तालिम, कृषि तथा पशुपालन तालिम दिइरहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले पशु नश्ल सुधार कार्यक्रम, बृद्ध–बृद्धा सम्मान, सुत्केरी पोषण खर्च, छात्रवृति कार्यक्रम, सदस्य मृत्यु राहत कार्यक्रम, क्यान्सर मुटुरोग तथा मृगौला खराब भएका शेयर सदस्यलाई राहत कार्यक्रम समेत सञ्चालन गरिरहेको संस्थाका मुख्य प्रबन्धक दर्जीले बताए ।
मेचीनगरका १, २, ३, ४ र ५ गरी ५ वटा वडामा कार्यक्षेत्र रहेको यस संस्थामा २३९ समूहभित्र १ हजार २ सय ७४ घरपरिवार आवद्ध छन् ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

