भाट-भटेनी बिर्तामोड : झापाली जनताको उत्साहजनक साथ, छुट यथावत
बिर्तामोड । व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ । उद्घाटनकै दिनबाट बिर्तामोडबासीको राम्रो उपस्थिति पाएको भाट भटेनीमा आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्सहजनक उपस्थिति रहेको छ ।
झापाली जनताको उत्साहजनक साथ पाएको भाट भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण ग्राहक महानुभावहरुले स्टोरप्रति देखाएको माया तथा विश्वासका लागि कृतज्ञता तथा आभार व्यक्त गरेको जनाएको छ ।
बिर्तमोडलगायत आम कोशी प्रदेशबासी उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै उद्घाटनका अवसरमा ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानहरुमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशतसम्मका छुटको सुविधाहरु अर्को सूचना नआएसम्म यथावत नै रहने जानकारी गराएको छ ।
साथै, आगामी दिनहरुमा समेत आमउपभोक्ताहरुको यस्तै साथ र विश्वास र हौशलाको अपेक्षा रहने जनाएको छ । १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्क्वायर फिट सपिङ स्पेससहित सञ्चालनमा आएको स्टोरमा २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको छ ।

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
