काँकडभिट्टामा लागू औषध सहित तीन जना पक्राउ
काँकडभिट्टा । काँकडभिट्टाबाट लागु औषध (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कांकरभिट्टाले विशेष सूचनाका आधारमा उनीहरुलाई शुक्रबार सांझ मेचीपुलबाट पक्राउ गरेको हो
प्रहरी टोलीले चेकजाच गर्ने क्रममा बिर्तामोड ३ बिर्ताबजार ३ मा बस्ने २४ वर्षीय उत्सब चौधरी, मेचीनगर नगरपालिका ९ झोडा बस्ने २९ बर्षीय निर्दोष डांगी र सोही ठेगानका २७ वर्षीय साजन राजवंशीलाई ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले राजवंशी र डांगीको साथबाट १ ग्राम ९ सय मिलिग्राम र चौधरीको साथ बाट १ ग्राम ८ सय गरी ३ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
भारतबाट सेवन गरेर हिंडेर मेचीपुल हुंदै नेपाल प्रबेश गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कांकरभिट्टाले जनाएको छ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
