भोलिदेखि बिर्तामोडको भाट-भटेनी सुपर मार्केट सञ्चालनमा आउने
बिर्तामोड । झापाको मुख्य ब्यापारीक केन्द्र बिर्तामोडमा निर्माण भएको भाट-भटेनी सुपर मार्केट असोज ४ गते बुधबारबाट सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रियस्तरको सुपर मार्केटको उद्घाटनको सबै तयारी पूरा भएको छ ।
नेपालमा २६ औँ शाखाका रुपमा सञ्चालनमा आउने भाट(भटेनी स्टोरमा एक लाख २५ हजार प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।
सुपर मार्केट व्यवस्थापनको सम्पूर्ण कामहरु सकिएको जनाइएको छ । उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।
२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाट-भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ । सातौँ तल्लासम्म रहेको भाट-भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...


