इस्ट होराइजन : विद्यार्थीद्वारा ढुंगेलको घरमा निःशुल्क वाइरिङ
धुलाबारी । पढाइका साथै अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय इस्ट होराइजन माविका धुलाबारीका विद्यार्थीले एक विपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरिदिएको छन् ।
विद्यालयको अतिरक्ति कक्षा अन्तर्गत इलेक्ट्रिक क्लबका विद्यार्थीले मेचीनगर-१० मा नेपाल सरकारको गरिब आवास परियोजना अन्तर्गत वडाको नेतृत्वमा बनेको चन्द्र ढुंगेलको घरको वाइरिङ गरिदिएका हुन् ।
विद्यार्थीले ढुंगेलको घरमा वाइरिङ गर्दा प्रयोग भएका सम्पूर्ण सामानहरु पनि आफ्नो कोषबाट निःशुल्क जडान गरेको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।
फरक क्षमता भएका ढुंगेल स्थानीय मन्दिरका पुजारी हुन् । वडा सदस्य विशाल कार्की, टोल सचिव मातृका दाहालको उपस्थितिमा वाइरिङको काम सकेर हस्तान्तरण गरिएको हो । इस्ट होराइजनले विद्यार्थीहरुलाई सीपमुलक तालिमका साथै उनीहरुलाई व्यावहारिक शिक्षासमेत दिँदै आएको छ ।





मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
