इटाभट्टा बजार अब सीसी क्यामेरको निगरानीमा
इटाभट्टा । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिएको छ । मेचीनगर–७ इटाभट्टा बजार क्षेत्रको चार दिशा कभर गर्ने गरि सीसी क्यामेरा जडान गरिएको हो ।
मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले केही समयदेखी चासो दिएको थियो । यस अघि जडान गरिएका सीसी क्यामेरा काम गर्न छाडेपछि बजार क्षेत्र असुरक्षित बन्दै गएको थियो ।
इटाभट्टा बजार क्षेत्रका थप केही स्थानमा सीसी क्यामेरा जडान गर्न मेचीनगर नगरपालिकाले बजेटको व्यवस्थापन गरिदिएपछि बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणी ओलीले बताए ।
‘अहिले इटाभट्टा बजार क्षेत्रमा मात्र सीसी क्यामेरा जडान गरिएको हो ।’ वडाध्यक्ष ओलीले भने– बडालाई तीन क्षेत्रमा बिभाजन गरि सीसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिइने छ । सीसी क्यामेर जडान भएपछि वडावासीको शान्ति सुरक्षामा सहयोग पुग्ने उनको भनाइ छ । नागरिकलाई शान्ति सुरक्षको प्रत्याभुतिका लागि आफु चिन्तित रहेको उनले बताएका छन् ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

