इटाभट्टा बजार अब सीसी क्यामेरको निगरानीमा
इटाभट्टा । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिएको छ । मेचीनगर–७ इटाभट्टा बजार क्षेत्रको चार दिशा कभर गर्ने गरि सीसी क्यामेरा जडान गरिएको हो ।
मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले केही समयदेखी चासो दिएको थियो । यस अघि जडान गरिएका सीसी क्यामेरा काम गर्न छाडेपछि बजार क्षेत्र असुरक्षित बन्दै गएको थियो ।
इटाभट्टा बजार क्षेत्रका थप केही स्थानमा सीसी क्यामेरा जडान गर्न मेचीनगर नगरपालिकाले बजेटको व्यवस्थापन गरिदिएपछि बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणी ओलीले बताए ।
‘अहिले इटाभट्टा बजार क्षेत्रमा मात्र सीसी क्यामेरा जडान गरिएको हो ।’ वडाध्यक्ष ओलीले भने– बडालाई तीन क्षेत्रमा बिभाजन गरि सीसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिइने छ । सीसी क्यामेर जडान भएपछि वडावासीको शान्ति सुरक्षामा सहयोग पुग्ने उनको भनाइ छ । नागरिकलाई शान्ति सुरक्षको प्रत्याभुतिका लागि आफु चिन्तित रहेको उनले बताएका छन् ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
