अग्रोहा धामबाट रथयात्रा नेपाल आइपुग्यो, काँकरभिट्टामा भव्य स्वागत

काँकरभिट्टा । भारतको हरियाणाको अग्रोहा धामबाट केही समय अघि निस्कीएको रथयात्रा भारत भुटानका विभिन्न स्थान हुँदै आज विहान पुर्वीद्वार काँकरभिट्टाबाट नेपाल प्रवेश गरेको छ । भारतको हरियाणाको अग्रोहा धामबाट आद्य महालक्ष्मी रथयात्रा २०८० नेपाल आइपुगेको हो । रथयात्रालाई पुर्वीद्वार काँक।भिट्टामा भव्य स्वागत गरिएको छ । प्रतिनिधिसभाका उपसभामुख इन्दीरा रानामगरले काँकरभिट्टामा स्वागत गरेकी थिइन् ।
रथयात्रा आज बिर्तामोडमा पुगेर रात्री विश्राम गर्ने मेची संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिए । भोलि विर्तामोडबाट विभिन्न स्थानमा पुजा गर्दै धरानमा पुगेर बस्ने र भदौ १७ गते विराटनगर हुँदै १८ गते भारत तर्फ लाग्ने अग्रवालले जानकारी दिए।
अग्रवाल समुदायको पितृ भूमि अग्रोहा धामका बारेमा अग्रवाल समुदायबिच जानकारी र जनचेतना जगाउनेसंगै कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदाय सहित सबै सनातन हिन्दु धर्मावलम्बीहरु बिच रथयात्राको आयोजना गरिएको हो ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...