हरियाणाको अग्रोहबाट हिडेकाे रथयात्रा शुक्रबार काँकरभिट्टा आईपुग्ने

मेचीनगर । विश्वभरिका अग्रवालहरुकी कुलदेवी महालक्ष्मीको भारतमा जारी रथयात्रा यही भदौ १५ गते काँकरभिट्टाबाट नेपाल प्रवेश गरी धरान–विराटनगर हुँदै फर्किने भएको छ । हरियाणाको अग्रोहबाट चार वटा रथयात्रा चार दिशातिर लागेको र एउटा रथ काँकरभिट्टा हुँदै नेपाल आउने हाे ।
मेचीनगरका रथयात्रा संयोजक एवम् मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमियाका अनुसार रथयात्रालाई पूर्वी प्रवेशद्वारमा संघीय संसद्की उपसभामुख इन्दिरा रानाको नेतृत्वमा स्वागत गरिने कार्यक्रम रहेको छ ।
नेपाल प्रवेश लगत्तै काँकरभिट्टाको हनुमान मन्दिरमा नेपालतर्फको रथयात्रा उद्घाटन हुनेछ भने पहिलो दिन काँकरभिट्टा, धुलाबारी हुँदै विर्तामोडमा रात्रि विश्रामको कार्यक्रम रहेको रथयात्राको विर्तामोड संयोजक वेदप्रकाश अग्रवालले बताउनुभयो ।
यसैगरी, भदौ १६ गते सुरुंगा, दमक, उर्लावारी हुँदै धरानमा रात्रि विश्रामको कार्यक्रम रहेको रथयात्राको मेची संयोजक पुनित बंशलले जानकारी दिनुभयो ।
धरानबाट भदौ १७ गते धरानबाट हिँड्ने रथयात्रा दुहबी हुँदै विराटनगरमा रात्रि विश्राम गरेर भदौ १८ गते जोगबनी हुँदै भारततिर प्रस्थान गर्ने जनाइएको छ ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...